२०७९ आश्विन १० सोमबार

डा. बाबुराम भट्टराई र वामदेव गौतम माओवादी केन्द्रको चुनाव चिन्ह प्रयोग गर्ने

नेपाल कम्युनिस्ट पार्टी  माओवादी केन्द्रको  बैठकले  डा. बाबुराम भट्टराई र वामदेव गौतमलाई आफ्नो चुनाव चिन्हबाट आगामी निर्वाचनमा भाग लिन दिने निर्णय गरेको छ। माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बिहान बसेको स्थायी कमिटी बैठकले बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव नेतृत्वको नेकपा एकता अभियानलाई आफ्नो चुनाव चिन्ह प्रयोग गर्न दिने निर्णय गरेको हो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले वामदेव र बाबुरामका कतिपय सर्तहरू रहेको र त्यसबारेमा गठबन्धनमा पनि छलफल हुने जानकारी दिए । माओवादी स्थायी कमिटी बैठक बुधवार फेरि बस्ने महराले बताए ।

 

 

२०७९ श्रावण ३१, मंगलवार प्रकाशित 1 Minute 59 Views

ताजा समाचार