२०७९ चैत्र १८ शनिबार

विद्यार्थी बोकेको डुङ्गा दु र्घ ट ना

काठमाण्डौं : दाङको राप्ती नदीमा विद्यार्थी बोकेको डुङ्गा दु र्घ ट ना भएको छ । विद्यार्थी बोकेर नदी पार गर्न लागेको उक्त डुङ्गा दु र्घ ट ना हुँदा २५ विद्यार्थी घा इ ते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख सुरेश काफ्लेले दिएको जानकारी अनुसार दु र्घ ट ना मा परेकामध्ये ग म्भी र घा इ ते तीन विद्यार्थीको लमहीमा उपचार जारी छ । क्षमताभन्दा तीन÷चार गुणा बढी विद्यार्थी बोकेका कारण दु र्घ ट ना भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार आज बिहान ९ बजेतिर लमही नगरपालिका– ९ बाट डुङ्गा चढेर राप्ती नदी पार गरी राजपुर–७ स्थित मावि सिक्टामा अध्ययनका लागि जान लागेका थिए ।

लमही–९ तरुलियाका सिक्टा माविमा कक्षा ६ मा अध्यनरत १३ वर्षीय मनिष विक, सोही कक्षामा अध्यनरत १२ वर्षीया रीमा राम्जाली, कक्षा ९ मा अध्यनरत १६ वर्षीय सन्दिप विकको लमहीमा उपचार जारी रहेको छ । यीबाहेक अन्य सबै विद्यार्थीको अवस्था सामान्य रहेको छ ।

विद्यार्थी सवार डुङ्गा प ल्टि ए प छि उनीहरुका कापी, किताब, झोला सबै भिजेर नष्ट भएका छन् । दु र्घ ट ना भएको देख्ने बित्तिकै स्थानीयवासीले बालबालिकाको उ द्धा र गरेका थिए ।

प्रहरीका अनुसार, विद्यालय समयमा डुंगा पल्टिदा २५ जना विद्यार्थी नदीमा खसेको र त्यसमध्ये तीन जना विद्यार्थीले बढी पानी खाएका कारण उपचार भइरहेको छ ।

 

२०७९ भाद्र २, बिहीबार प्रकाशित 1 Minute 70 Views