
दाङमा प्रहरीले आ परा धि क लाभ (ए क्स ट र्सन) गर्ने ४ जना महिला र एकजना पुरुष गरी ५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोल्पा जिल्ला परिवर्तन गाउँपालिका-५ का ४० वर्षीय दिलीपकुमार वली, घोराही उपमहानगरपालिका-१० नारायणपुर बस्ने ३२ वर्षीया पवित्रा डाँगी, ३२ वर्षीया विमला डाँगी, करिब २९ वर्षीया शान्ता नेपाली र २२ वर्षीया शर्मिला नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
पक्राउ परेका उनीहरूले नारायणपुरमा सुनचाँदीको व्यवसाय गर्दै आएका एकजना व्यापारीसँग प्रेमको नाटक गरी छोरीचेलीको इज्जतमाथि हात हालेको भन्दै पैसाको बार्गेनिङ गरेर पैसा असुलेका थिए। उक्त समूहले साउन २७ गते ती व्यापारीसँग १ लाख रुपैयाँ नगद र ११ लाख २० हजारको चेक लगेका थिए।
गत साउन २७ गते पक्राउ गरेका उनीहरूलाई बिहीबार पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो। उनीहरूमाथि आपराधिक लाभ (ए क्स ट र्सन) कसुर मु द्दा शीर्षकमा मु द्दा दर्ता गरी दाङ जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति पाएको र अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए।
२०७९ भाद्र २, बिहीबार प्रकाशित
1 Minute
100 Views