
अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सीलाई सार्वजनिक गर्न फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आइफेल टावर भाडा लिएको दावी गरिएको छ ।आइताबार मेस्सी बार्सिलोनाबाट बिदाइ भएका थिए । पीएसजीका मालिकका भाइ खालिद बिन हमद बिन खलीफा अल(थानीले शनिबार नै सामाजिक सञ्जालमार्फत मेस्सी चाडैँ औपचारिक घोषणा गर्ने बताए थिए ।
मेस्सीलाई भित्र्याएको घोषण गर्न पीएसजीले १० अगस्टका लागि आइफेल टावर भाडामा लिएको इस्पेन पत्रिकाले दावी गरेको छ । इस्पेनका अनुसार पीएसजीले तीन लाख युरो तिरेर टावर भाडामा लिएको हो । रोयर्टसका अनुसार पीएसजी र मेस्सबीच दुई वर्षको सम्झौता भएको छ ।
पीएसजील सन् २०१७ मा विश्व कीर्तिमानी रकममा नेयमारलाई भित्राएको थियो । त्यति बेला ब्राजिलियन नेयमारलाई सार्वजनिक गर्नेक्रममा पीएसजीले आइफेल टावर भाडामा लिएको थियो ।
यो पनी पढ्नुहोस >>>> जो आफ्नै मृत्यु दर्ता खारेज गर्न अड्डा धाउँदै छन्
मृत्युलाई खण्डन गर्ने प्रमाण के हो ? त्यो जीवन नै हो । यहाँका एक युवक आफू जीवित रहेको दाबी गर्दै सरकारी अड्डा लगातार धाइरहेका छन् तर उनको मृत्यु दर्ता खारेज हुन सकेको छैन । ‘म जिउँदै छु, लौ हेर्नुस् भनेर जतिपटक जिरह गर्दा पनि पार लागेन,’ मोरङ बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका सुभाष तामाङले हैरानी सुनाए ।
गल्तीले गरिएको ‘मृत्यु दर्ता’ सच्याउन सुभाषले प्रयास थालेको तीन वर्ष भएको छ । गाउँपालिका र जिल्लाबाट नसच्चिएपछि उनी गृह मन्त्रालयसम्मै पुगे । गृहले प्रमुख जिल्ला अधिकारी (सीडीओ) बाटै काम गराइमाग्नू भनेर पठायो । ‘सीडीओले कहिले यो मिलेन भन्छन्, कहिले त्यो मिलेन भन्छन्,’ सुभाषले भने, ‘ए बाबा, म जिउँदै हाजिर छु, अरू के प्रमाण चाहिने ?’ मृतक अभिलेखबाट नाम नहट्दा उनले नयाँ नागरिकताको प्रमाणपत्रसमेत पाउन सकेका छैनन् ।