२०७९ चैत्र १५ बुधबार

प्रचण्डले भने : बाबुरामसँग पार्टी एकता हुँदैन

गोरखा- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लोकतान्त्रिक समाजवादी पार्टीसँग चुनावअघि पार्टी एकताको सम्भावना नरहेको बताएका छन् ।

 

नेपाल जेसिजको क्षेत्र ‘ख’ सम्मेलनमा सहभागी हुन शुक्रवार गोरखा आएका प्रचण्डले एउटै चिह्नबाट चुनाव लड्ने सहमति भए पनि चुनावअघि पार्टी एकता नहुने बताएका हुन् ।

 

पार्टीका अध्यक्ष बाबुराम भट्टराईलाई गोरखा क्षेत्र नम्बर २ बाट उठाउने हो भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘को-कहाँबाट उठ्ने भन्ने बिषय अहिले टुंग्याइएको छैन, तर बाबुरामजी र हामी फेरि एकपटक एकै ठाउँमा उभिने भयौं, गोरखाका लागि यो विशेष महत्वको कुरा हो ।’

 

एकीकृत समाजवादीसँग भने पार्टी समायोजनका लागि समिति बनाउने तयारी भइरहेको उनले जानकारी दिए ।

२०७९ भाद्र ३, शुक्रबार प्रकाशित 1 Minute 138 Views

ताजा समाचार