२०७९ चैत्र १५ बुधबार

क रे न्ट लाग्दा बालककाे हातै छि नि याे

 

 

मकवानपुर जिल्लाकाे थाहा नगरपालिका ९ चित्लाङमा एकजना बालकलाई क रे न्ट लागेको छ । चित्लाङ खलिबनमा क रे न्ट लाग्दा ११ वर्षका सुदिप तामाङ ग म्भी र घा इ ते भएका हुन् ।

क रे न्ट लाग्दा उनको हातै छि नेको छ साथै उनको शरीरको विभिन्न भागमा ग म्भी र क्ष ति पुगेको छ । उनको अहिले कीर्तिपुरस्थित बर्न अस्पतालको आइ सियुमा उ प चार भइरहेको छ । उनको अवस्था अत्यन्त ग म्भी र रहको डाक्टरहरूले बताएका छन् । तामाङलाई आज दिउँसो घर नजिकै खेल्ने क्रममा क रे न्ट लागेको थियो ।

खेल्ने क्रममा घर नजिकैको वि द्युत् पोलमा चङ्गा अड्केको र त्यसलाई झिक्न खोज्दा क रे न्ट लागेको बताइएको छ .

स्थानीयले भने वि द्युत प्राधिकरणाकाे ला परबा हीले बालकलाई क रेन्ट लागेकाे बताएका छन् । उक्त स्थानबाट केही समयअगाडि मात्र निर्माण भएको ३३ हजार केवी एलाइनको पोल पुरै ढ ल्के को र तार पनि जमिनबाटै छुने देखिन्छ । यस बारेमा प्राधिकरण समक्ष गुनासो गरे पनि सुनवाइ नभएको स्थानीय सानु कान्छा तामाङले बताएका छन् । उनका अनुसार गाउँलेहरूलाई प्राधिकरणले तारमा क रेन्ट प्रवाह गरेको पनि थाहा छैन ।

उनी  भन्छन्, “केही समय अघिमात्र प्राधिकरणबाट निरीक्षणको लागि गाउँमा केही प्राविधिक आएका थिए, उनीहरूलाई पोल र तार व्यवस्थित नगरी लाइन नछोड्न भनेका थियौँ । उनीहरूले पनि सबै व्यवस्थित भएपश्चात् मात्र क रेन्ट छोड्ने बताएका थिए । तर कहिले लाइन छोडे हामीलाई थाहा भएन । सही सूचना थाहा हुन्थ्यो भने आजको घ ट ना घ ट्ने थिएन कि ? अब यसको सबै जिम्मा प्राधिकरणले नै लिनु पर्दछ ।”

यस विषयमा प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईसँग कुरा गर्दा नेपालको सबैतिरको माटो नै बग्ने खालको भएको हुँदा पोलहरू ढल्किने हुने गरेकाे बताए । त्यसरी पोल, तारमा केही स मस्या आए वितरण केन्द्रले हेर्ने हुँदा उनीहरूसँग बुझेर मात्र के भएको हो भन्नेबारे भन्नसक्ने उनले बताए |

 

२०७९ भाद्र ३, शुक्रबार प्रकाशित 1 Minute 102 Views

ताजा समाचार