२०७९ चैत्र १८ शनिबार

तनहुँका ३८ हजार बालबालिकालाई विद्यालयमै ..

तनहुँका ३८ हजारभन्दा बढी बालबालिकालाई विद्यालयमै को रो ना विरुद्धको फाइ जर खो प लगाइने भएको छ । पाँचदेखि १२ वर्षमुनिका ३८ हजार एक सय ५८ बालबालिकालाई विद्यालयमै फाइ जर खो प लगाउन लागिएको हो ।

 

 

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ती उमेर समूह लक्षित खो प अभियान सञ्चालन गर्न निर्देशन दिएसँगै जिल्लामा भदौ ७ गतेदेखि खोप लगाउन स्वास्थ्य कार्यालय तनहुँ व्यवस्थापनमा जुटेको कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए ।

 

 

 

उनका अनुसार जिल्लाका एक सय २० शैक्षिक संस्थामार्फत बालबालिकालाई खो प लगाइने छ । खो प अभियान सञ्चालनका लागि जिल्लाका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण गरिसकिएको छ । “राष्ट्रव्यापी अभियानअन्तर्गत जिल्लामा पनि खो प अभियान सञ्चालनका लागि तयारीमा जुटेका छौँ, स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिसकिएको छ”, अधिकारीले भने ।

 

 

 

पहिलो चरणमा भदौ ७ गतेदेखि १० गतेसम्म शुक्लागण्डकी र भानु नगरपालिकामा खो प अभियान सञ्चालन गरिनेछ । दोस्रो चरणमा भदौ ११ देखि १४ गतेसम्म व्यास नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकामा खो प अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।

२०७९ भाद्र ४, शनिबार प्रकाशित 1 Minute 113 Views