२०७९ चैत्र १८ शनिबार

पाँच केजी गाँजासहित धनकुटाबाट एक युवक पक्राउ

पाँच केजी गाँजासहित धनकुटाबाट एक युवक पक्राउ

प्रहरीले धनकुटा नगरपालिका–९ मुलघाटबाट पाँच किलो गाँजासहित एक युवक पक्राउ परेका छन् । साँगुरीगढी गाउँपालिका ९ बस्ने २० वर्षीय सनिल राईलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले चेकिङका क्रममा कालो रङको झोलाभित्र लुकाइराखेको उक्त परिमाणको गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका राई सवार प्रदेश नम्बर १–०२–०४४ प ३४१६ नम्बरको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

२०७९ भाद्र ४, शनिबार प्रकाशित 0 Minutes 105 Views