२०७९ आश्विन १० सोमबार

कैलालीमा एक पसलको ट्वाइलेटमा युवकको श व फेला

धनगढी- कैलालीमा एक पसलको ट्वाइलेटमा युवकको श व फेला परेको छ।

गोदावरी नगरपालिका-१ अत्तरियास्थित चौलागाईं वस्त्रालयमा काम गर्ने अन्दाजी २२ वर्षीय जयन्तबहादुर कार्कीको श व शनिबार साँझ ट्वाइलेटमा फेला परेको हो।

बैतडीको डिलाशैनी-७ घर भएका कार्की विगत २ वर्षदेखि उक्त वस्त्रालयमा कार्यरत थिए।

कार्कीको शव शंकास्पद रूपमा फेला परेपछि आफन्तले उनको ह त्या भएको शंका गरेका छन्।

जयन्तबहादुर कार्कीका काका पदमका अनुसार वस्त्रालयका सञ्चालक सुभाष चौलागाईंले उनका भतिजाको श व ट्वाइलेटको होल्डरमा बिजुलीको तारमा झु ण्डि एको अवस्थामा फेला परेको बताए।

होल्डरमा मसिनो तारले पा सो लगाउन असम्भव भएकाले उनको ह त्या भएको आशंका आफन्तकाे छ।

घ ट नाबारे अनुसन्धान भइरहेको जिल्ला प्र हरी कार्यालय कैलालीले जनाएकाे छ।

२०७९ भाद्र ५, आईतवार प्रकाशित 1 Minute 41 Views

ताजा समाचार