२०७९ चैत्र १५ बुधबार

डिउटी पोसाकमै अ श्ली ल नृत्य गर्ने सई कारबाहीमा

डिउटी पोसाकमै अश्लील नृत्य गर्ने सई कारबाहीमा

रौतहटमा सार्वजनिक मेलामा अ श्ली ल नृत्य गर्ने नेपाल प्रहरीका एक जना सई कारबाहीमा परेका छन्।

रौतहटको गढीमाई नगरपालिका ७ धर्मपुरस्थित प्रहरी चौकीका प्रमुख सई राजकिशोर साहले प्रहरीको बर्दीमा नै न र्त की सित अ श्ली ल नृत्य गरेपछि नेपाल प्रहरीको चारैतिर आलोचना भएको छ।

 

कृष्णाष्टमीको अवसरमा आयोजित मेलाको अवसरमा गरिएको नृत्यमा बर्दीमा नै सई साहले हजारौँ दर्शकको अगाडि अ श्ली ल नृत्य गरेका थिए। धार्मिक मेलाको अवसरमा आयोजक समितिले अ श्ली ल भोजपुरी गीतको नृत्य आयोजना गरेपछि मातिएर सई साह स्टेजमा नै चढेर नर्तकीसित टाँ सिई टाँ सिई अ श्ली ल नृत्य गरेपछि प्रहरीको आलोचनासँगै भिडियो भाइरल भएको छ।

शान्ति सुरक्षामा रहनुपर्ने प्रहरी नै अ श्ली ल नृत्य गर्न थालेपछि प्रहरीको आलोचना व्यापक भएको छ। सईको आलोचना भएपछि जिल्ला प्रहरी कार्यालय रौतहटले सई साहलाई कारबाहीको लागि तानिसकेको छ।

बर्दीमा नै नेपाल प्रहरीको मर्यादा र आचरण विपरीत सई साहले अ श्ली ल नृत्य गरेको खबर आएपछि जिल्ला प्रहरी कार्यालयले तत्काल कारबाहीको लागि सई साहलाई तानिसकेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि वीरबहादुर बुढामगरले जानकारी गराएका छन्।

२०७९ भाद्र ५, आईतवार प्रकाशित 1 Minute 99 Views

ताजा समाचार