२०७९ चैत्र १५ बुधबार

नेता गिरिको नि धन ले शो कमा बस्तीपुर

नेता गिरिको नि धन ले शो कमा बस्तीपुर

लहान नगरपालिका–१४ बस्तीपुरकी जितनीदेवी रामले रो इक राइ गरेपछि उपस्थित गाउँले पनि रु न थाले। कांग्रेसका नेता एवं सांसद प्रदीप गिरिको नि ध नको खबर सुनेलगत्तै वि क्षिप्त बनेकी जितनीदेवीको आँ शु रोखिएको छैन।

“आफूलाई छोरी जस्तै बाल्यकालबाटै पाल्नुभएका प्रदीप बाबु छो डेर गएपछि टुहु री जस्तै भएकी छु,” जितनीदेवीले भनिन्, “अब कसलाई बुवा भन्नेर बोलाउने? सम स्या पर्दा कसलाई सुनाउने? अब कोही रहे न, बेसा रा जस्तै भएकी छु।”

भारतको नयाँ दिल्लीमा उप चार गराउन जाने क्रममा गिरिले ‘जितनी म उताबाट आएपछि तिम्रो सबै स मस्या सुल्झाउँछु’ भनेको सम्झिँदै जितनीदेवीले भनिन्, “प्रदीप बाबु मेरो स मस्या कहिले नसुन्ने गरी सदाका लागि जानुभयो। अब मेरो सम स्या सुनिदिने कोही रहेन, आफू टुहु री जस्तै भएकी छु।”

नेता गिरिले जितनीदेवीलाई सधैं सघाउँदै आएका थिए। “कतैबाट आश्रममा आउँदा पहिला जितनी भन्नेर बोलाउनुहुन्थ्यो, मैले ल्याइदिएको पानी खानुहुन्थ्यो त्यसपछि मेरो सम स्याबारे सोध्नु हुन्थ्यो,” उनले भनिन्।

नेता गिरिको नि धनले आफूले अभिभावक गुमा एको स्थानीय २० वर्षीय दीप परियारले सुनाए। उनी पनि गिरिको निध नको खबर सुनेदेखि शो कमा डु बे का छन्।

“आश्रममा जहिले आउँदा मेरो पढाइबारे सोध्नुहुन्थ्यो, सिकाउनुहुन्थ्यो,” लहानस्थित जेएस मुरारका क्याम्पसमा अध्ययनरत दीपले भने, “उहाँको प्रेरणाका कारण मेरो पढ्ने, वातावरण बन्यो।”

बस्तीपुर गाउँका ५० वर्षीय चेतबहादुर भुजेलले नेता गिरिलाई असाध्यै सरल, भावुक स्वभावका व्यक्तिको रुपमा सम्झिन्छन्। “उहाँ गाउँको मात्र होइन, देशकै प्रतिष्ठा थियो, उहाँको नि धनले हामी अभिभावकवि हीन भएका छौं। हामी असल र स्वाभिमानी नेता गुमा एका छौं,” उनी भन्छन्।

उनीहरूजस्तै नेता गिरिको नि ध नले यति वेला बस्तीपुर गाउँ नै शोकमा डुबेको छ। गाउँले नेता गिरिको पुर्खौली घर अगाडि भेला भएर श्रद्धा ञ्जली अर्पण गरिरहेका छन्।

“सरल स्वभावका प्रदीप बाबुसँग चुनावका वेला सँगै घुमेँ,” बस्तीपुरका ५६ वर्षीय महेन्द्र साहले भने, “उहाँले जहिले पनि गाउँको विकास र समाज सुधारका विषयमा कुरा गर्नुहुन्थ्यो, उहाँबाट समाजले थुप्रै सुधारको अनुभूति गरेको छ। उहाँसँग हिँड्दा कहिले पनि बिरानो जस्तो अनुभूति पाइनन्।”

यसैबीच नेता गिरीले कक्षा १ देखि १० सम्म अध्ययन गरेको बस्तीपुर माविमा पनि आज बिदा दिइएको छ। “उहाँ यस विद्यालयमा अध्ययन गर्नुका साथै विद्यालयको विकासका लागि योगदान गर्नुभएको छ,” विद्यालयका लेखापाल सिन्धुप्रसाद साहले भने, “उहाँ यस विद्यालयका पूर्वविद्यार्थीका साथै अभिभावक पनि हुनुहुन्थ्यो, त्यही भएर हामी उहाँको शो क मनाएका छौं।”

उनले २०१८ सालमा बस्तीपुर माविबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए।

२०७४ सालमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा सिराहा १ बाट निर्वाचित भएका थिए। नेता गिरिको नि धनको शो कमा सिराहाको लहान नगरपालिकाले पनि आज सार्वजनिक बिदा दिएको छ। नगरपालिकाले अशल अभिभावक गु माएकाले शो कमा बिदा दिने निर्णय भएको मेयर महेश चौधरीले बताए।

नेता गिरिको उपचारका लागि काठामाडौंस्थित मेडिसिटी अस्पतालमा भर्ना भएको खबर पाएपछि  शीघ्र स्वास्थ्यलाभको कामना गर्दै स्थानीयले शनिबार बिहानैदेखि गाउँमा प्रार्थना गरेका थिए। राति नि धन भएको खबर सुनेपछि भने शो कमा डु बेका छन्।

२०७९ भाद्र ५, आईतवार प्रकाशित 0 Minutes 113 Views

ताजा समाचार