२०७९ आश्विन १० सोमबार

ऋण नतिरेको भन्दै लघुवित्तले ‘ट र्च र’ दिएपछि रेश्माले गरिन् आ त्म ह त्या, स्थानीयबासी विरोधमा…

ऋण नतिरेको भन्दै लघुवित्तले ‘टर्चर’ दिएपछि रेश्माले गरिन् आ त्म ह त्या, स्थानीयबासी विरोधमा…
अर्थ सरोकार
काठमाडौं । वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसक्दा एक महिलाले आ त्म ह त्या गरेकी छिन् । कैलालीको गौरिगंगा नगरपालिका वडा नम्बर १ कि ३७ वर्षिया रेश्मा चौधरीले भदौ दुई गते विष सेवन गरी आ त्म ह त्या गरेकी हुन् । रेश्माले युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडबाट ३ लाख २० हजार ऋण लिएकी थिईन् । सो ऋण तिर्न नसकेपछि वित्तीय संस्थाले दिएको प्रेसरका कारण रेश्माले आ त्म ह त्या गरेको स्थानीयले बताएका छन् ।
युनिक नेपालले घर जग्गा बेचेरै ऋण तिर्छु भन्दाभन्दै आ त्म ह त्या गर्न बा ध्य बनायो

युनिक नेपाल लघुवित्त वित्तीय संस्थाबाट रेश्माले लिएको ३ लाख २० हजारमध्ये २ लाख ३९ हजार तिर्न बाँकी थियो । भदौ १ गते संस्थाको केन्द्र समुह बैठकमा नियमित किस्ता र ऋण ब्याज तिर्न नसकेपछि संस्थाले द बा ब दिन भन्दै सूचना टाँस गर्दै बिहान ११ बजे उनको घरमा ता लाब न्दी गरेको थियो । सूचना टाँस गरेर घरमा ता ला ब न्दी गरेपछि पनि रेश्मा किस्ता तिर्न नआएपछि पुनः संस्थाका कर्मचारी द बा ब दिन भन्दै उनको घरमै पुगेका थिए ।
‘रेश्माले कमजोर आर्थिक अवस्थाका कारण तत्कालै रकम तिर्न नसक्ने बताएकी थिइन्’, संस्थाका एक कर्मचारीले भने, ‘उनले ३ महिनाभित्र घरजग्गा बेचेरै भएपनि ऋण तिर्ने भन्दै भाका मागेकी थिईन् ।’ तर उनलाई जसरी भएपनि पैसा तिर्नुहोस् भन्दै संस्थाका कर्मचारीहरुले द बा ब दिएका थिए । ऋण तिर्छु भन्दाभन्दै पनि वित्तीय संस्थाले अस ह्य द बा ब दिएपछि रेश्माले भदौ २ गते विष सेवन गरी आ त्म ह त्या गरेको मृ त कका छोरा सरोज चौधरीले बताएका छन् । ‘ऋण लिएको हो तर तिर्छु भन्दाभन्दै संस्थाका कर्मचारीले पालैपालो घरमै आएर द बा ब दिए । त्यही त ना ब सहन नसकेर आ त्म ह त्या गर्नुभयो’, उनले भने, ‘कमसेकम अवस्था बुझेर केही समय भाका दिएको भए ज्यानै जाने त थिएन ।’

के भन्छ प्र हरी ?

यता युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले रेश्माले ऋण तिर्न नसक्दा उनको ऋणको साक्षी बसेकाहरुले संस्थाबाट ऋण लिन नमिल्ने भएपछि द बा ब दिएको बताएको छ । मृ तक रेश्माले किस्ता नतिरेपछि केन्द्रका सदस्यहरुको सल्लाह अनुसार द बा ब दिन ता ल ब न्दी गरेको संस्थाको भनाई छ । तर ता ल ब न्दीको जानकारी भने प्र हरीमा नगरेको इलाका प्र हरी कार्यालय चौमालाका प्रमुख तथा प्र हरी नायब निरिक्षक विशनदत्त भट्टले बताएका छन् । ‘रेश्माले लघुवित्तबाट लिएको ऋणको ६ किस्ता तिरेकी रहिछन् । तर लगातार किस्ता नतिरेपछि संस्थाका कर्मचारीले उनको घरमा गएर द बा ब दिएका रहेछन् र त नाब सहन नसकेपछि उनले वि ष सेवन गरी आ त्म ह त्या गरेको भन्ने बुभिएको छ’ प्र हरी नायब निरिक्षक भट्टले भने, ‘घरमा ता ला लगाएको विषयमा हामीलाई कुनै जानकारी छैन । हामीले त उनले वि ष सेवन गरेपछि मात्रै थाहा पाएका हौँ । शनिबार उनको दा ह संस्कार भएको छ ।’
गौरिगंगा नगरपालिकामा रेश्माले भदौ २ गते साँझ करिब ६ बजेको समयमा वि ष सेवन गरेकी थिईन् । साढे ७ बजे उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको र राती १० बजेको समयमा उनको मृ त्यु भएको जिल्ला प्र हरी कार्यालय कैलालीका प्रहरी निरिक्षक खगेन्द्र साउँदले जानकारी दिएका छन् । ‘वि ष सेवन गरी आ त्म ह त्या गरेको भन्ने विषयमा प्र हरीमा जाहेरी परेको थियो तर के कारणले भन्ने उल्लेख गरिएको थिएन । तर बुझ्दै जाँदा ऋण तिर्न नसकेरै आ त्म ह त्या गरेको भन्ने बुझिएको छ ।’ जिल्ला प्र हरी कार्यालय कैलालीका प्र हरी निरिक्षक खगेन्द्र साउँदले भने –‘रेश्माले छोरीका नाममा पनि ऋण लिएकी रहिछन् र छोरीले पनि ऋणका कारण आफ्नो घरमा स म स्या भएको बताएको र संस्थाले पनि ऋण तिर्न प्रेसर दिँदा वि ष सेवन गरेको भन्ने प्रारम्भिक अनुसन्धानमा देखिन्छ । तर घ ट नाको बाँकी पाटो अनुसन्धानकै क्रममा रहेको हुँदा थप कुरा भने त्यसपछि नै थाहा हुन्छ ।’

२०७९ भाद्र ६, सोमबार प्रकाशित 0 Minutes 57 Views

ताजा समाचार