
गोरखा अस्पतालमा हेमोडायलासिस सेवासुरु हुने भएको छ । भदौ ७ गतेदेखि उक्त सेवा सुरु गर्न लागेको अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले बताए ।
डायलासिस गराईरहेका बिरामीलाई भदौ ६ गते सोमवार अस्पताल प्रशासन शाखामा बिहान १० देखि ५ बजेभित्र नामदर्ता गराउन भनिएको छ । अस्पतालले बिरामीको सुविधा र सजिलोकालागि पूर्व सुचना जारी गरेको जनाएको छ ।
गोरखा अस्पतालमै हेमोडायलासिस सेवा नियमित संचालन गर्दा उपचार सेवा लिन अन्यत्र जानुपर्नेहरुलाई सहुलिय र सजिलो हुने अस्पतालले जनाएको छ ।