२०७९ आश्विन १० सोमबार

मेरो सेयर एप अब आईफोनमा पनि उपलब्ध हुनेछ

काठमाडौँ — सीडीएस एण्ड क्लियरिङको मेरो सेयर एप अब आईफोनमा पनि उपलब्ध भएको छ । यो एप आईओएस अपरेटिङ सिस्टममा तयार गरी एप्पल एप स्टोरमा उपलब्ध गराइएको सीडीएस एण्ड क्लियरिङले जनाएको छ ।

अब एण्ड्रोइडसँगै आईओएस अपरेटिङ सिस्टममा एप सञ्चालन गर्न सकिने छ ।

आईओएस प्रयोगकर्ताले आफ्नो मोबाइलको एप स्टोरमा गई मेरोसेयर सर्च गरी सीडीएससीको लोगो अंकित आइकन भएको तथा सेलर इन्फर्मेसनमा सीडीएस एण्ड क्लियरिङ लेखिएको एप डाउनलोड गरी प्रयोग गर्न सक्नेछन् ।

मेरो सेयर एपबाट प्राथमिक सेयर (आईपीओ), म्युचुअल फण्ड तथा ऋणपत्रमा आवेदन दिन, आफ्नो पोर्टफोलियो हेर्न, सेयर बिक्री गरिसकेपछि हस्तान्तरणकाे प्रक्रिया पूरा गर्न सकिन्छ ।

 

२०७९ भाद्र ६, सोमबार प्रकाशित 1 Minute 29 Views

ताजा समाचार