२०७९ आश्विन १० सोमबार

अभियान लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड र कुमारी क्यापिटल लिमिटेडबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ । सोमवार एक कार्यक्रमबीच कुमारी क्यापिटल लिमिटेडका तर्फबाट पुष्प शर्मा र अभियान लघुवित्त वित्तिय संस्था लिमिटेडको तर्फबाट रोशनकुमार अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौतासँगै अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनीहरूको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरू कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल, काठमाडौ मार्फत उपलब्ध गराउने क्यापिटलले जनाएको छ ।

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ वटै प्रदेशका २१ जिल्लामा रहेको ६० वटा शाखामार्फत लघुवित्त सेवा पदान गर्दै आएको छ । राष्ट्रियस्तरको अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई शेयर जारी गरेपश्चात चुक्ता पूँजी २५ करोड रुपैयाँ पुर्‍याएको छ ।

 

२०७९ भाद्र ६, सोमबार प्रकाशित 1 Minute 37 Views

ताजा समाचार