
काठमाण्डौ – काठमाण्डौ उपत्यकामा सडक अवरोध गराउँदै हिँडेका १८ जना प क्रा उ परेका छन् । उनीहरुलाई नयाँ बानेश्वर, कोटेश्वरलगायत उपत्यकाका विभिन्न ठाउँबाट प क्रा उ गरिएको प्र हरीले जनाएको छ ।
सडक र गाडी चलाउन समस्या नहोस् भन्नका लागि सडकमा बिहानैदेखि सुरक्षाकर्मी खटिएका छन् । प्र हरीले ढुक्क भएर गाडी चलाउन आग्रह गरेको छ । अहिले उपत्यकामा सामान्य रुपमा गाडी चलिरहेका छन् । सडक र चोकचोकमा प्रहरीको बाक्लो उपस्थिति छ । छोटो दूरीका गाडी सामान्य रुपमा चलिरहे पनि लामो दूरीका गाडी भने फाट्टफुट्ट मात्रै चलिरहेका छन् ।
यसअघि सरकारसँग भएको आफ्ना कार्यकर्तामाथिको मुद्दा फिर्ता लगायत सहमति पालना गर्न माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज ब न्द आह्वान गरेको छ । बन्दलाई अरु साना तीन दलले पनि समर्थन गरेका छन् ।
ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (माओवादी समाजवादी) ले एमसीसी सम्झौता खारेज र महँगी नियन्त्रणलगायतका माग राखेका छन् ।