
सनसिल्कले यसवर्षको दशैंमा पनि ‘सनसिल्क दशैं भाइब्स’ सञ्चालन गर्ने भएको छ । गतवर्ष सनसिल्कले पहिलो संस्करणको ‘दशैं भाइब्स’ सञ्चालन गरेको थियो । गत वर्ष ग्राहकहरूको सकारात्मक प्रतिक्रिया पाएको सनसिल्कले यस वर्ष पनि अभियान सञ्चालन गर्ने तयारी गरेको जानकारी दिएको छ । यस अभियानले लाखौँ नेपाली नेपाली युवतीहरूलाई आफ्नो सुन्दर कपाललाई प्याकमा प्रदर्शन गर्न पाउने अवसर फेरि पनि प्रदान गर्ने छ ।
नेपालको महान चाडमा आफ्ना ग्राहकहरूको जीवनको एक हिस्सा बन्न, गत वर्ष सनसिल्क नेपालले बडा दशैं २०७८ को अवसर पारेर एक डिजिटल प्रतियोगीता सनसिल्क दशैं भाइब्स अभियान शुरु गरेको थियो, जुन अभियान भव्य रुपमा सफल पनि भएको थियो । अभियानले नेपाली युवतीहरूलाई आफ्नो कपालको प्रदर्शन गरी आफ्नो क्षितिजलाई फैलाउने अवसर प्रदान गर्दै सनसिल्क ग्याङ अफ गल्र्सको एक हिस्सा बनेर ब्राण्डसंग आबद्ध हुने मौका दिएको थियो ।
आशिना देउला, प्रतिमा कार्की र लालना चिमरियाले अन्तिम चरणको फिनालेमा जित हासिल पार्दै सनसिल्कका ब्राण्ड एम्बेसडरद्वय प्रिन्सी र प्रिज्माका साथमा ब्राण्डको प्रतिनिधित्व गर्न जोडिएका थिए । प्रतियोगिताको विजेताहरूको रुपमा उनीहरूले यस वर्षको ‘सीमित विशेष दशैं प्याकमा प्रस्तुत हुने अवसर प्राप्त गरेका छन्, जुन प्याक नेपालमा पहिलो पटक प्रस्तुत गरिंदैछ । यो नयाँ प्याकमा ३ भिन्न प्रकार रहेका छन्, हेयरफल सोलुसन, ब्ल्याक साइन र पर्फेक्ट स्ट्रेट । नेपालको लाखौं घरहरूमा यो नयाँ प्याकले स्थान पाउने अपेक्षा गरिएको छ । यसरी प्रस्तुत गरिएको ३ नयाँ प्याकहरूमध्ये पर्फेक्ट स्ट्रेट नेपालमा पहिलो पटक पेश गरिएको हो ।
युनिलिभरका प्रबन्ध निर्देशक श्री आमलन मुखर्जीले भने, ‘लाखौँ उपभोक्ताहरूद्वारा रुचाइएको र देशभर बिक्र हुने, सनसिल्क निस्सन्देह नेपालको सर्वाधिक ठूलो सौन्दर्य ब्राण्ड हो । गत वर्ष दशैंको दौरानमा आयोजित दशैं भाइब्स प्रतियोगीताको विजेताहरू सनसिल्क ग्याङ अफ गल्र्सलाई प्रस्तुत गर्न पाउँदा हामी अत्यन्त हर्षित भएका छौं, र प्रतियोगिता आफैँमा एक अभूतपूर्व सफल अभियान थियो ।’
उनले सनसिल्कले जब युवतीहरूले सम्भावनाहरूलाई व्यापक बनाउन पाउँछन् तब उनीहरू उत्साहित हुने विश्वास गर्ने बताए । उनले भने, ‘हामीले उनीहरूलाई उनीहरूको सुन्दर कपालको प्रदर्शन गर्ने अवसर प्रदान गरेर सनसिल्क ब्राण्डको प्याकमा आफूलाई प्रस्तुत गर्ने सुनौलो मौका प्रदान गरेका छौँ । हामी विश्वास गर्दछौँ, सौन्दर्य सरल छ र धेरै तरिकाहरूबाट यसलाई कैद गर्न सकिन्छ । हामी हाम्रा उपभोक्ताहरूले मनाउने स्थानीय चाडपर्वहरू र संस्कृतिहरूसँगै हाम्रा ब्राण्डहरूलाई आबद्ध गराउन चाहन्छौँ । सनसिल्क ग्याङ अफ गल्र्सको सक्रियता र सनसिल्क दशैं भाइब्स त्यस्तै प्रयाशका अंग हुन् ।’
गतवर्ष सनसिल्क दशैं भाइब्सले फेसबुक, इन्स्टाग्राम र टिकटक भरमा ६ करोडभन्दा बढी भ्यूज प्राप्त गरेको थियो भनें २८५४ जनाले सहभागीता जनाएका थिए र यस वर्ष सनसिल्क दशैं भाइब्स २ ले त्यो संख्यालाई उछिन्दै एक नयाँ रेकर्ड कायम गर्ने अपेक्षा गरिएको छ ।