
बैतडी : चितुवाको आ क्र मणबाट बैतडीमा दुई जना घा इते भएका छन्। शिवनाथ गाउँपालिका ६ बसेडीका १३ वर्षीय पारस धनाडी र ६८ वर्षीय बहादुर दमाई चितुवाको आ क्र मणबाट घा इते भएका हुन्।
बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार पारसलाई आज बिहान विद्यालय जाने क्रममा चितुवाले आ क्र मण गरेको हो। यस्तै बहादुरलाई गएराति ९ बजे शौचालय जाने क्रममा आ क्र मणमा परेका हुन्।
आ क्र मणबाट पारसको टा उको र पि ठ्यु मा र बहादुरको कम्मरम’नी खुट्टा र ति घ्रा मा घा उ रहेको छ। घा इ ते दुवैलाई उपचारको लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइँदैछ।
शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले चितुवाले आ क्रम ण गरेपछि स्थानीय नागरिक त्रासमा रहेको बताए। ‘लगातार रूपमा चि तुवाले आ क्र मण गरेपछि नागरिक त्र सित बनेका छन्’,उनले भने, ‘नानीबाबुलाई विद्यालय पठाउन समसया भएको छ।’
डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले वनजंगल विनाश हुँदै जाँदा चितुवा मानवबस्ती पसेर मानिसलाई आ क्र मण गर्ने गरेको बताए। ‘जंगल नष्ट हुँदा जनावरको बासस्थान साँघुरिएको छ’, उनले भने, ‘आहारका लागि पनि चितुवा गाउँ पस्ने गर्छ।’
२०६८ सालयता बैतडीमा चितुवाको आ क्र मणबाट २५ र जंगली बदेंलको आ क्र मणबाट २ जनाको ज्या न गइसकेको छ।