
काठमाडौं । नयाँ स्मार्टफोन खरिद गर्दाको बखत धेरैजसोले वाई-फाईको विषयमा ध्यान दिइरहेका हुँदैनन् । जब कि वाई-फाई फोनका लागि निकै महत्त्वपूर्ण विषय हो ।
हुन त वाई-फाई अनेक प्रकारको हुने गर्दछ भन्ने कुरा सायद थोरैलाई मात्र थाहा होला । जसले तपाईँको फोन तथा इन्टरनेट कनेक्टिभिटीमा सिधा सम्बन्ध राख्छ ।
यसको अर्थ यदि तपाईँको फोनमा पुरानो पुस्ताको वाई-फाई रहेको छ भने तपाईँको फोनको इन्टरनेट स्पिड स्लो हुन सक्छ । भलै तपाईँको स्मार्टफोन नयाँ नै किन नहोस् ।
हाई स्पिड इन्टरनेटका बावजुद पुराना पुस्ताका वाई-फाईका कारण स्पिड सुस्त हुने गर्दछ । यस्तोमा नयाँ स्मार्टफोन खरिद गर्दाको समयमा त्यसमा पुरानो भर्सनको वाई-फाई त छैन भनेर यकिन गर्न नभुल्नुहोस् ।
साधारण शब्दमा भन्नुपर्दा वाई-फाईले तपाईँको लागि कभरेज र स्पिड तय गर्दछ । पछिल्लो समयको वाई-फाई प्रविधिले धेरै कभरेज एरिया र तीव्र स्पिड सपोर्ट गर्दछ ।
कसले गर्यो वाई-फाईको आविष्कार ?
वाई-फाई अहिलेको समयमा निकै लोकप्रिय वायरलेस नेटवर्किङ प्रविधि हो । वाई-फाई अर्थात वायरलेस फिडेलिटीको आविष्कार सन् १९९१ मा नेदरल्यान्डको एनसीआई कर्पोरेसन तथ एटी एन्ड टीले गरेको थियो ।
वाई-फाईका लागि तीन चिजको आवश्यकता हुन्छ । जसमा रेडियो सिग्नल, एन्टेना र राउटर पर्दछन् । रेडियो वेभ वाई-फाई नेटवर्कको लागि निकै जरुरी हुन्छ । कम्प्युटर तथा मोबाइल फोन वाई-फाई कार्डको साथमा आउने गर्दछन् ।
कति प्रकारको हुन्छ वाई-फाई ?
पहिलो पटक सन् १९९७ मा वाई-फाईमा आईईईई (इन्स्टिच्युट अफ इलेक्ट्रिक एन्ड इलेकट्रोनिक्स इन्जिनियरिङ) को तर्फबाट वाई-फाई सार्वजनिक गरिएको थियो । तत्कालीन समयमा यसलाई ८०२.११ए नाम दिइएको थियो ।
वाई-फाई वान
सार्वजनिक भएको वर्षः सन् १९९७
पहिलो पुस्ता- (८०२.११बी)
स्पिड-११ एमबीपीएस
फ्रिक्वेन्सी- ५ गिगाहर्ज
वाई-फाई टु
दोस्रो पुस्ता- (८०२.११ ए)
सार्वजनिक भएको वर्षः सन् १९९९
स्पिड-५४ एमबीपीएस
फ्रिक्वेन्सी-२.४ गिगाहर्ज
वाई-फाई थ्री
तेस्रो पुस्ता-(८०२.११ जी)
सार्वजनिक भएको वर्षः सन् २००३
स्पिड-५४ एमबीपीएस
फ्रिक्वेन्सी-२.४ गिगाहर्ज
वाई-फाई फोर
चौथो पुस्ताः (८०२.११एन)
सार्वजनिक भएको वर्षः सन् २००९
स्पिड- ३०० एमबीपीएस
फ्रिक्वेन्सी-२.४ गिगाहर्ज र ५ गिगाहर्ज
वाई-फाई फाइभ
पाँचौ पुस्ता-(८०२.११एसी)
सार्वजनिक भएको वर्ष- सन् २०१४
स्पिड- १.३ जीबीपीएस
फ्रिक्वेन्सी-५ गिगाहर्ज
वाई-फाई सिक्स
छैटौँ पुस्ता-(८०२.११ एएक्स)
सार्वजनिक भएको वर्षः सन् २०१८
स्पिड-१० जीबीदेखि १२ जीबीसम्म
फ्रिक्वेन्सी- २.४ तथा ५ गिगाहर्ज
वाई-फाई सिक्स ई
सार्वजनिक भएको वर्षः सन् २०२१
स्पिड- १२ देखि १७ जीबीपीएससम्म
फ्रिक्वेन्सी- २.४ गिगाहर्ज, ५ गिगाहर्ज र ६ गिगाहर्ज