
कञ्चनपुर : पूर्व पश्चिम राजमार्गसँगै जोडिएको शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुर बजारमा चो रीका घ टना बढ्दै जान थालेपछि व्यवसायी निकै चिन्तित भएका छन्। व्यवसायीले चो रीका घ टना न्यूनीकरण गरी धनमालको सुरक्षा गरिनुपर्ने माग गरेका छन्।
चाडपर्व नजिकिदै गर्दा चो रीका घ टना बढन थालेका छन्। चो रीका घट ना बढ्दै जान थालेपछि व्यवसायी सुरक्षाका लागि वडा कार्यालय र प्र हरीमा गुहार माग्दै पुग्न थालेका छन्।
‘प्र हरीको बिट रहेकै स्थान नजिकका पसलमा चो री हुन्छ’, व्यवसायी भन्छन्, ‘पसलमा राखिएका सामानको सुरक्षा छैन। निर्धक्कसँग व्यवसाय गर्न सक्ने अवस्था छैन। मालसमान जोगाउन धौ धौ हुन थालेको छ।’ गत साता मात्रै चो रहरूले स्थानीय व्यवसायी भीमबहादुर ऐरको पसल तो डेर नगद रकम सहित सामान चो री गरेर लगेका थिए।
आधा दर्जन पसलमा चो रीको प्रयास भएको थियो। बजार क्षेत्र नजिकैका स्थानीय किसानका गोठमा पालिएका खसी बाख्रा रातमा चो री भएका थिए। ‘चो रीका घ टना हुन थालेपछि निकै असुरक्षा महसुस गरिरहेका छौं’, स्थानीय व्यापारी लक्ष्मी नाथले भने, ‘बजार क्षेत्रमा लगाएको सौर्यबत्ती र सेन्सरयुक्त बत्ती समेत बिग्रँदा स मस्या भएको छ।’
बजारक्षेत्रमा जडान भएका बत्ती मर्मतका लागि वडाध्यक्षलाई जानकारी गराइएको उनले बताए। ‘चाडपर्व नजिकिदै गर्दा प्रत्येक वर्ष चो रीका घ टना हुन्छन्। नियन्त्रणको प्रभावकारी प्रयास हुँदैन’, उनले भने, ‘त्यसैले चो रीमा संलग्नहरूको मनोबल बढ्दै जाने गरेको छ।’ बजारको सार्वजनिक क्षेत्रमा जडान गरिएका ६० बत्तीमध्ये अधिकांश बिग्रिएको अवस्थामा छन्।
वडाध्यक्ष शेरबहादुर साउदले बजार क्षेत्रको शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउन स्थानीय व्यवसायी, प्र हरी र सामाजका अगुवाहरूसँग छलफल गरी आवश्यक रणनीति बनाइने बताए।
‘व्यवसायीहरूले निर्धक्कसँग व्यवसाय गर्न पाउने वातावरण कायम गर्नका लागि सुरक्षालाई कसरी बलियो बनाउन सकिन्छ। त्यसबारे छलफल अगाडि बढाउँछौं’, उनले भने, ‘बजार क्षेत्रमा बिग्रिएका सौर्यबत्ती र सेन्सरयुक्त बत्ती मर्मत आगामी महिनाभित्रै पूरा गर्छौं। वडाको बजेटले भ्याउने भए यतैबाट काम हुन्छ।’
इलाका प्र हरी कार्यालय झलारीका प्र हरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बजार क्षेत्रमा चो रीका घ टना न्यूनीकरणका लागि २४ सै घण्टा प्रह री परिचालन गरिएको बताए।
‘सादा पोशाकका प्र हरी समेत खटाएका छौं’, उनले भने, ‘आ पराधिक पृष्ठभूमि भएका व्यक्तिमाथि निगरानी राख्ने र नियन्त्रणमा लिएर सोधपुछ समेत गरिरहेका छौं।’ कलुवापुर बजार क्षेत्रमा दुई सयभन्दा बढी पसल सञ्चालनमा छन्।
सार्वजनिक शौचालय प्रयोगविहीन
कलुवापुर बजार क्षेत्रमा रहेको सार्वजनिक शौचालय प्रयोगविहीन अवस्थामा रहेको छ। वर्षाको पानीले शौचालय डुबा नमा परेपछि प्रयोगविहीन अवस्थामा पुगेको हो।
वडाध्यक्ष शेरबहादुर साउदले डुबा नका कारण प्रयोगविहीन अवस्थामा पुगेको शौचालय सञ्चालनका लागि छिट्टै पहल गरिने बताए। ‘वर्षातको समय सकिएपछि शौचालय स्तरोन्नतिको कार्य हुन्छ’, उनले भने, ‘वर्षाको पानीको निकास थुनिदा शौचालय डुबा नमा परेको छ।
यसका लागि सडक निर्माण गर्ने जिम्मा पाएको पूर्वाधार कार्यालय जिम्मेवार छ।