२०७९ चैत्र १५ बुधबार

धौलागिरी लघुवित्तको आईपीओ बाँडफाँड , यस्तो छ नतिजा हेर्ने तरिका।

धाैलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज  बाँडफाँट भएको छ ।

विक्री प्रबन्धक सनराइज क्यापिटलले आईपीओ आज आफ्नो कार्यालय कमलपोखरीमा बाँडफाँट सम्पन्न गरेको हो । कम्पनीको आईपीओमा मागभन्दा ७० दशमलव २२ गुणा बढी आवेदन परेको हुदा गोलाप्रथाद्वारा बाँडफाँट भएको छ  ।

आईपिओमा कुल १८ लाख ६५ हजार ९ सय २६ जना आवेदकबाट आवेदन परेकोमा  १२ सय ८६ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।  योग्य रहेका १८ लाख ६४ हजार ६ सय ४० जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँड गरिएको छ ।

गोलाप्रथाबाट कुल ३० हजार ९ सय २९ जना आवेदकले शेयर पाएका छन् भने यी मध्य ५ जना आवेदकले थप १ कित्ता गरि कुल  ११ कित्ता शेयर पाएका छन ।

कम्पनीले साउन २४ गते देखि २९ गते सम्म ३ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । कुल कित्तामध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् ५ हजार १५५ कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरीे बाँकी ३ लाख ९ हजार २९५ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको थियो  ।

कसरि हेर्ने नतिजा :
१) नतिजा हेर्नको लागि https://iporesult.cdsc.com.np/ मा जानुहोला।

२)  अाफुले हेर्नुपर्ने कम्पनी छान्नुहाेस ।

३) BOID नम्बर राखी देखिएकाे captcha भरी view result मा click गर्नुहाेस ।

४) त्यसपछि तपाईले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।

२०७९ भाद्र ८, बुधबार प्रकाशित 1 Minute 103 Views

ताजा समाचार