२०८० जेष्ठ १९ शुक्रबार

धरानमा श्रमदान नगर्ने विद्यार्थीलाई फे ल गराउने नियम लागू गरिने छ : मेयर हर्क साम्पाङ

धरानका मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमा एकपछि अर्को विवादित अभिव्यक्ति दिन थालेका छन् । काठमाडौंका मेयर बालेन्द्र साहवि रु द्ध खनिँदै आएका साम्पाङले फरक विषयमा विवादित टिप्पणी गरेका हुन् । फेसबुकमा स्टाटस लेख्दै उनले धरानमा श्रमदान नगर्ने विद्यार्थीहरु परीक्षामा उत्तीर्ण नहुने नियम लागू गर्ने घोषणा गरेका छन् । उनले भनेका छन्, ‘धरानको विकासका लागि श्रमदान नगरे कक्षा उतीर्ण नहुने नियम लागू गरिने छ ।’

उनले श्र मदानको अर्थ बेस्स  री काममा जोत्ने भन्न नखोजेको पनि बताएका छन् । विद्यार्थीको सहभागीता प्रतिकात्मक हुने उनको भनाइ छ । आफ्नो स्टाटसको आलोचना भएपछि साम्पाङले फेरि अर्को पुरक स्टाटस लेखेका छन् । त्यसमा उनले कक्षा ९, १०, ११ र १२ मा पढ्ने विद्यार्थीले वर्षमा ७ दिन सकेको श्रम गर्नुपर्ने उनले बताए । त्यो श्रम सरसफाइ, वृक्षारोपणलगायत जे पनि हुन सक्ने उनको भनाइ छ ।

नेपालको कानूनले बाल श्रमलाई निषेध गरेकाे छ । १४ वर्षसम्मको बालबालिकालाई कुनै पनि किसिमको काममा लगाउने नपाइने तथा १४ देखि १८ वर्षसम्मका बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन नपाउने व्यवस्था बा लश्र म नि षे ध र नियमित गर्ने ऐन २०५६ मा उल्लेख छ ।
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष राजेश शर्मा श्रम नगर्ने विद्यार्थीलाई कक्षामा उत्तिर्ण नगराउने भनि साम्पाङले दिएको अभिव्यक्ति गैरजिम्मेवार र गैरकानूनी भएको बताए ।

‘कानूनले बालश्रमलाई निषेध गरेको छ । प्रतिकात्मक नै किन नहोस्, कुनै पनि खालको श्रममा संलग्न नभएकै कारण विद्यार्थीलाई फे ल गराउँछु भन्ने कानूनविपरितको कुरा हो,’ उनले भने ।

२०७९ भाद्र ९, बिहीबार प्रकाशित 0 Minutes 101 Views