२०७९ आश्विन १० सोमबार

एका एक किन ता ते बालेन ?

काठमाडौं। पछिल्लो २४ घण्टा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह चर्चामा रहे । बलिउड फिल्न नायकका अभिनेता अनिल कपुरसँग सर्वसाधारणले शाहको तुलना गरिरहेका छन् । गत बैशाखमा सम्मपन्न स्थानीय तह निर्वाचनमा पूराना भनिएका राजनीतिक दलहरु कांग्रेस, एमाले लगायतका दलका उम्मेदवारलाई भारी मत अन्तरले परा जित गर्दै बालेन मेयरमा निर्वाचित भएका थिए । कांग्रेस एमाले लगायतका दलहरुले जनताको अपेक्षा बमोजिम महानगरमा काम गर्न नसकिरहेको भन्दै आलो चना भइरहँदा शाहले नगरबासीको मन जितेका थिए ।

तर, निर्वाचित भएको चार महिना भइसक्दा मेयर शाहबाट उल्लेख्य कार्यसम्पादन नभएको भन्दै आलोचना भइरहेको थियो । केही दिन अघिसम्म काठमाडौंका चोक र सडकमा फोहरको डंगुर थुप्रिएको थियो जसको व्यवस्थापन गर्न नसकेको भन्दै मेयर शाहको च र्को आलो चना भइरहेको थियो । काठमाडौं, धरान र धनगढीसहितका कतिपय मुख्य सहरहरुमा स्वतन्त्र उम्मेदवारहरुले चुनाव जितेको र आगामी निर्वाचनमा पनि स्वतन्त्रहरुको पल्ला भारी हुने चर्चा जारी रहँदा काठमाडौंका मेयर शाहको कार्यसम्पादन कम जोर देखिएको थियो ।

यसअघि काठमाडौंमा यति लामो समय फोह रको सम स्या भोग्नु नपरेको भन्दै नगरबासीले शाहको आलो चना गरिरहेका थिए । धरानबासीलाई पानी खुवाउने नारा दिएर धरान उपमहानगरमा निर्वाचित हर्क साम्पाङ भने निर्वाचन अघी भन्दा अहिले चर्चाको शिखरमा रहेका थिए । श्रमदान गरेर चर्चामा रहेका उनले शाहमाथि सामाजिक सञ्जालबाट बेलाबेला शब्दबाण प्र हा र गरिरहेका थिए ।

तर, पछिल्लो २४ घण्टामा काठमाडौंका मेयर शाह यस्तो रुपमा देखा परे जसले गर्दा उनको यसअघि कम जोर जस्तो देखिएको कार्यसम्पादन बलियो देखिएको छ । सामाजिक सञ्जालमा उनी अहिले हटकेक बनेका छन् । चुनाव अघि जस्तै अहिले चोक, चियापसल, सामाजिक सञ्जालमा उनकै चर्चा छ । शाहले बलिउड फिल्म नायकको शैलीमा भटाभट काम गरेको भन्दै यस्तै कामको अपेक्षा नगरबासीले गरेको र त्यसलाई शाहले पूरा गर्ने संकेत गरेको भन्दै प्रशंसा भइरहेको छ । सरकारी पारामा हुने गरेको कामकाबीच मेयर शाह एकाएक नायक शैलीमा छाएका हुन् ।

काठमाडौमा पार्किङको सम स्या छ । तर व्यापारीक प्रयोजनका लागि बनेका भनवहरुले भने पार्किङका लागि अनुमति पाएका स्थानमा व्यवसाय सञ्चालनका लागि भाडामा लगाइरहेका थिए । जसलाई शाहले तोडेका छन् । ३५ दिन अघि सूचना जारी गरेका उनले ३६ औं दिनदेखि डोजर लिएर मैदानमा उत्रिए । कानुन विपरित भएका संरचनामा उनले डोजर चलाएका छन् जसको यतिबेला वाहवाही भइरहेको छ ।

बालेनमा जसरी भए पनि काम गर्नु पर्ने चुनौती थियो किनकी उनीमाथि नगरबासीले विकासको अपेक्षा गर्दै मत खन्याएका थिए । उनले आफूलाई कम जोर नदेखाउनका लागि पनि केही गरेर देखाउनु पर्ने चुनौती थियो जसलाई उनले डोजरको सहायतले केही गरेर देखाउने हु टहु टी रहेको देखाउन खोजेका छन् ।

२०७९ भाद्र ९, बिहीबार प्रकाशित 0 Minutes 79 Views

ताजा समाचार