२०७९ आश्विन १० सोमबार

३० वर्षमा वी र्य वा अ ण्ड भण्डारण गरिएको छ भने ३५ वर्षमा ब च्चा ज न्मा उँदा पनि ३० वर्षको उमेरमा ज न्माएको जस्तै स्वस्थ ब च्चा जन्मिन्छ

पुरुषको शु क्रकि ट र महिलाको अ ण्डलाई निश्चित समयसम्म भण्डार गरेर आफूलाई सहज भएको बेलामा ब च्चा ज न्मा उन कत्तिको सम्भव छ ? सामान्यतया महिलाहरूले ३५ वर्षभन्दाअघि नै बच्चा जन्माउनु आमा र बच्चाको लागि फाइदाजनक मानिन्छ । तर विभिन्न कारणले ३० वर्षको उमेरमा बच्चा जन्माउन अनुकुल भएन भने के गर्न सकिन्छ ?

चि कित्सकहरू कुनै पनि जोखिमविना नै आफूलाई मन लागेको बेलामा ग र्भ धार ण गर्न सकिने बताउँछन् । अल्का अस्पतालकी प्रसू ति तथा स्त्री रो ग विशेषज्ञ रो ग विशेषज्ञ डा. श्वेता सिंह वी र्य र अण्ड भण्डारण गरेर आफू अनुकुल ग र्भ धारण गर्न सकिने बताउँछिन् ।

वी र्य तथा अण्ड भण्डारणका पनि केही विधि र अवस्थाहरू छन् । जस्तो, रेडियोथेरापी र किमोथेरापी गरिरहेका महिला तथा पुरुषको लागि शु क्र कि ट तथा अण्ड भण्डारण प्रभावकारी बन्न सक्ने डा. सिंह सुनाउँछिन् ।

क्या न्सर तथा अन्य रो ग लागेर रेडियोथेरापी तथा किमोथेरापी गरिरहेका बिरामीको वी र्य तथा अण्डबाट ग र्भधारण कठिन रहेकोले त्यस्तालाई वी र्य भण्डारण प्रभावकारी रहेको उनी सुनाउँछिन् ।

वी र्य भण्डारण बिहे गरेर पनि ढिलोगरी बच्चा जन्माउने दम्पतीको लागि पनि प्रभावकारी रहेको चिकित्सकहरू बताउँछन् । आफ्नो करियर वा अन्य कारणले ढिलागरी बच्चा जन्माउँदा बच्चामा त्यसको असर पर्न सक्ने भएकोले त्यसबाट बच्नको लागि पनि वी र्य भण्डारण प्रभावकारी हुने डा. सिंह बताउँछिन् ।

‘सामान्यतया महिला ३५ वर्षभन्दा पछि ग र्भ धार ण गर्दा महिलाहरूमा पनि विभिन्न खाले दी र्घ रो ग हुने र बच्चामा पनि केही असर देखिने जोखिमहुन्छ । तर ३० वर्षमा वी र्य वा अ ण्ड भण्डारण गरिएको छ भने ३५ वर्षमा बच्चा जन्माउँदा पनि ३० वर्षको उमेरमा जन्माएको जस्तै स्वस्थ ब च्चा जन्मिन्छ’ उनी भन्छिन् ‘अहिले धेरैमा प्रचारप्रसार नभएको भए पनि यो आफैंमा प्रभावकारी विधि हो ।’ जतिले यसबारेमा बुझेका छन् उनीहरू यसप्रति आकर्षित हुने गरेको उनी बताउँछिन् ।

कति समयसम्म भण्डारण गर्न सकिन्छ, शुल्क कति लाग्छ ?

वी र्य भण्डारण नेपालमा धेरै वर्षदेखि चलिरहेको चलन हो । यो आफैंमा वैध प्रणाली पनि हो । तर धेरैजना यसप्रति बेखबर हुँदा यसका प्रयोगकर्ताहरू धेरै नबढेको चिकित्सकहरू बताउँछन् । डा. सिं ह वी र्य वा अ ण्ड दुवैको भण्डारणको अधिकतम समय नतोकिएको बताउँछिन् ।

यो मान्छेको आवश्यकता अनुसार ८-१० वर्षसम्म पनि फ्रिज गरेर राख्न सकिन्छ । वी र्य वा अ ण्ड भण्डारण गर्दा व्यक्तिको विवरणहरू सबै टिपेर सुरक्षित र व्यवस्थित तरिकाले भण्डारण गर्न सकिन्छ । ‘कसैले शु क्रकि ट वा अ ण्ड फ्रि गरेर राख्नुभएको छ भने हामी सबै लेभल गरेर यसलाई फ्रिजिङ गर्ने गर्छाैं’ उनी भन्छिन् ‘जति समयपछि आफूलाई बच्चा जन्माउन मन लाग्छ, त्यसपछि त्यसलाई ग र्भ धारण गराइन्छ ।’

डा. सिं हका अनुसार एग फ्रिजिङको लागि वर्षको ५० हजार र शुक्रकिट फ्रिजिङको वार्षिक १५ हजार रुपैयाँ लाग्छ । १० वर्षसम्म फ्रि गरेर राख्न मन छ भने अ ण्डको लागि ५ लाख र १० वर्ष वी र्य भण्डारणको लागि एक लाख ५० हजार रुपैयाँ लाग्ने गरेको चिकित्सकहरु बताउँछन् । यसरी राखिएको वी र्य वा अण्डलाई रुम टेम्प्रेचरमा ल्याएर ग र्भाधा रण गरिने डा. सिं ह बताउँछिन् ।

त्यसो त वी र्य वा अ ण्ड दान दिन र लिने चलन पनि नेपालमा चलिरहेको छ । अस्पतालमा यस्ता दाताहरू प्रशस्तै भेटिने गरेको डा. सिं ह बताउँछिन् । यो सामान्यतया शु क्रकि ट र अ ण्डले राम्रो काम नगरेर निःसन्तान भएका दम्प तीहरूको लागि प्रभावकारी छ । यसरी दान दिइएको वी र्य वा अण्ड पनि फ्रिज गरेर राख्न मिल्छ । कोही महिलाको डिम्बासयमा अण्डको उत्पादन नै कम भइरहेको छ भने त्यस्तो अवस्थामा उनीहरूको डि म्बा सयबाट अण्ड झिकेर शु क्रकि टसँग मिसाएर वैकल्पिक रुपमा यसको प्रयोग गर्न सकिने डा. सिं ह बताउँछिन् ।

सामान्यतया वी र्य र अण्डको दान लिंदा कुनै पनि स्वास्थ्य स मस्या नभएको युवायुवतीको खोजी गरिन्छ । विशेषगरी ३० वर्ष उमेर नपुगेका र सकेसम्म बच्चा भइसकेका युवायुवतीबाट वी र्य वा अ ण्ड दान लिनु उचित हुने डा. सिं ह बताउँछिन् ।

२०७९ भाद्र १०, शुक्रबार प्रकाशित 1 Minute 99 Views

ताजा समाचार