२०७९ आश्विन २१ शुक्रबार

महानगरभित्र खानाको गुणस्तर जाँच्न फुड निरिक्षकराख्ने -मेयर बालेन शाहा

काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहले महानगरपालिकामा फुड निरिक्षक नियुक्त गर्ने प्रस्ताव गरेका छन्। महानगरको आठौं कार्यपालिका बैठकमा उनले यो प्रस्ताव राखेका हुन ।


उनले महानगरपालिकाभित्रका रेष्टुरेन्ट, होटल, तरकारी र मासुपसलगायतकाे गुणस्तर निरिक्षण गर्ने उद्देश्यले नियुक्ती गर्ने प्रस्ताव अघि सारेका हुन्।


शाहले खानाको गुणस्तर निरिक्षण गर्ने उद्देश्यले फुड टेक्नोलोजिष्ट नियुक्त गर्न प्रस्ताव गरेको हुन।


उनका अनुसार ४ देखि ५ जनासम्म यस्ता प्राविधिक नियुक्त गरिनेछ। ती प्राविधिकले महानगरभित्रका खानाको स्तर परिक्षण गर्नेछन्।

२०७९ भाद्र १३, सोमबार प्रकाशित 0 Minutes 60 Views

ताजा समाचार