
काठमाडौं । विश्वविद्यालयभित्र एक महिलाको ला*श फेला परेको छ । मध्यपश्चिम विश्वविद्यालय, सुर्खेतमा एक महिला मृ*त फेला परेकी हुन् ।
वीरेन्द्रनगर नगरपालिका–८ स्थित मध्यपश्चिम विश्वविद्यालय व्यवस्थापन संकाय (मुसुम) को भुईं तलामा एक महिला मृ*त भेटिएकी हुन् ।
सुर्खेत प्र*हरीका अनुसार मृ*तक महिलाको पहिचान खुल्न सकेको छैन् । सोमबार दिउँसो ४:३० बजे उनी मृ*त अवस्थामा फेला परेकी हुन् ।
अन्दाजी २८/२९ वर्षकी उनी को हुन् र घ*टना के हो भन्ने विषयमा प्र*हरीले अनुसन्धान थालेको छ । प्र*हरीले घटनालाई ज्यान सम्बन्धी क*सुर (फुटकर ज्यान) मुद्दामा अनुसन्धान गरिरहेको छ ।
प्र*हरीका अनुसार मृ*तकको श*व जाँच मुचुल्का समेतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न भएको छ । मृ*तकको श*व प्रदेश अस्पताल कालागाँउको श*व गृहमा राखिएको छ ।