२०७९ आश्विन १० सोमबार

शारदा नदीमा वृद्ध मृ*त फेला

सल्यान — सल्यानमा एक वृद्ध शारदा नदीमा मृ*त अवस्थामा भेटिएका छन् । जिल्लाको बाग्चौर नगरपालिका ४ लौराबाङ्ग घर भएका ७३ वर्षीय हरिबहादुर पुन मृ*त भेटिएका हुन् ।

भान्जा बुहारीको घरमा गएका वृद्ध पुन त्यहाँबाट घर फर्कनक्रममा सोमबार रातिदेखि बे*पत्ता भएका थिए । उनको ला*स मंगलबार दिउँसो घरदेखि करिब ५ किलोमिटर दक्षिणमा पर्ने बाग्चौर नगरपालिका ५ नाउलास्थित शारदा नदीको पहरजुधेमा फेला परेको प्र*हरीले जनाएको छ ।

बाग्चौर नगरपालिका ४ लौराबाङ्गका वृद्ध पुनलाई स्थानीय खोरबारे खोलाले ब*गाएको हुन सक्ने आशंका गरिएको जिल्ला प्र*हरी कार्यालय सल्यानका सूचना अधिकारी प्र*हरी निरीक्षक सन्तोष खनालले जानकारी गराए । पुनको पोस्ट*मार्ट*मका लागि जिल्ला अस्पताल सल्यान ल्याइएको र घ*टना अनुसन्धान भइरहेको उनको भनाइ छ ।

२०७९ भाद्र १४, मंगलवार प्रकाशित 0 Minutes 43 Views

ताजा समाचार