
काठमाण्डाै – काठमाण्डाैकाे बुद्धनगरमा रहेकाे एक घरमा ६ तला माथिबाट ख*सेर दुई जनाको ज्या*न गएकाे छ ।
छतबाट ख*स्दा एक बालक र एक बालिकाकाे ज्या*न गएकाे प्र*हरी वृत्त बानेश्वरले जनाएकाे छ । छतबाट ख*सेर ग*म्भीर घा*इते भएका उनीहरूलाई उपचारका लागि सिभिल अस्पताल लगिएकाेमा उपचारका क्रममा ज्या*न गएकाे हाे ।
घ*टनाबारे थप अनुसन्धान गरिने प्र*हरीले जनाएकाे छ ।
याे पनि पढ्नुहाेला ।
पठाओले पनि बाइक/स्कुटरमा राखिएका मोबाइल ‘स्ट्यान्ड’ हटाउने
काठमाण्डाै – ट्राफिक प्रहरीले मोटरसाइकल र स्कुटरमा राखिएका मोबाइल स्ट्यान्ड हटाउन निर्देशन दिएको छ । ट्राफिक प्रहरीले नेपाल सरकारको प्रचलित कानुनअनुसार निर्माण भइसकेको मोटरसाइकल वा स्कुटरमा केही कुरा थप्नु वा हटाउनु बाइकको स्वरूप परिवर्तनअन्तर्गत पर्ने भन्दै मोबाइल स्ट्यान्ड हटाउन निर्देशन दिएको छ ।
ट्राफिकको निर्देशनअनुसार सबैभन्दा ठूलो राइड शेयरिङ कम्पनी पठाओले पनि आफ्ना चालकलाई मोबाइल स्ट्यान्ड हटाउन निर्देशन दिएको छ । तर कतिपय राइडर र फुडम्यान साथीहरूले मोबाइल स्ट्यान्ड नहुँदा गुगल म्याप प्रयोग गर्नमा कठिनाइ भएको भनेर गुनासो गरिरहेका पठाओले जनाएको छ ।
‘हामी हाम्रा अग्रभागमा खटिएर काम गर्ने साथीहरूको सुझाव र गुनासोलाई सम्बन्धित निकायमा पहलकदमी गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ’, पठाओले भनेको छ ।