२०७९ आश्विन १० सोमबार

भारतीय सेनाको टोली किन स्वदेश फर्किय पुरा पढ्नुहाेस ।

काठमाडौं । भदौ १२ गतेदेखि नेपाल भ्रमणमा रहेको भारतको नेसनल डिफेन्स कोर्स (एनडीसी)– ६२ को भ्रमण दल पाँचदिने भ्रमण पूरा गरी आज स्वदेश फिर्ता भएको छ ।

एयर भाइस मार्सल तेजवीर सिंहको नेतृत्वमा ३१ सदस्यीय टोली नेपाल भ्रमणमा आएको थियो । भ्रमण दौरान टोलीले प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गरेको थियो ।

उक्त अवसरमा टोलीले जंगी अड्डाको भ्रमण गरी नेपाली सेनासँग सम्बन्धित विषयहरुमा आधारित प्रस्तुतीकरण तथा अन्तरक्रियात्मक कार्यक्रममा सहभागी भएको थियो । साथै, भ्रमण दलका प्रमुख सिंहले प्रधानसेनापति प्रभुराम शर्मासँग जंगी अड्डामा शिष्टाचार भेट गरेका थिए ।

टोलीले पशुपतिनाथ मन्दिर, काठमाडौं दरबार स्क्वायर, लुम्बिनीलगायत काठमाडौं र पोखरामा अवस्थित विभिन्न धार्मिक एवं पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण गर्नुका साथै पोखरास्थित सेनाको मध्य कमाण्ड हेडक्वाटरको भ्रमणसमेत गरेका थिए ।

याे पनि पढ्नुहाेस ।

शारीरिक सम्बन्धका लागि श्रीमती साटासाट गर्ने ठूलो गिरोहको खुलासा भएको छ । खुलासा भएसँगै यो गिरोहमा संलग्न ७ जना पक्राउ परेका छन् ।

गिरोहमा १ हजारभन्दा धेरै जोडी सक्रिय रहेको समेत खुलासा भएको छ । भारतको केरलमा चलिरहेको यो गिरोह चलाउनको लागि ह्वाट्सएप र मेसेन्जरमा ग्रुपहरु बनाइएका थिए ।

यी ग्रुपमा १ हजारभन्दा धेरै जोडीहरु जोडिएका थिए । इण्डियन एक्सप्रेसका अनुसार कोट्टायमबाट पुलिसले ७ जनालाई गिरफ्तार गरेको छ र अन्य २५ जनाभन्दा धेरै पुलिसको निगरानीमा छन् ।

एक महिलाले आफ्ना पतिविरुद्ध पुलिसमा उजुरी दिएपछि यसको अनुसन्धानको क्रममा यो गिरोहको खुलासा भएको हो । महिलाले आफ्ना पतिविरुद्ध परपुरुषसँग शारीरिक सम्बनधको लागि बाध्य पारेको आरोप लगाउँदै उजुरी दिएकी थिइन् ।

यसअघि कायमकुलममा पनि यस्तै घटना सार्वजनिक भएको थियो । यस विषयमा चांगनचेरीका डेप्युटी एसपी आर श्रीकुमारले भने ‘पहिले उनीहरु टेलिग्राम र मेसेन्जर ग्रुपमा जोडिन्थे त्यसपछि एक अर्कासँग भेट्थे । हामीले उजुरी गर्ने महिलाका पतिलाई गिरफ्तार गरेका छौं । यसको पछाडि ठूलो गिरोह छ र हामी अरु आरोपीको खोजी गर्दैछौं ।’

पक्राउ गरिएका आरोपीहरु केरलको अलाप्पुझा, कोट्टायम र एर्नाकुलमका हुन् । पुलिसले राज्यका कैयौं सम्भ्रान्त वर्गका व्यक्तिहरु यो गिरोहमा संलग्न रहेको पुष्टि गरेको छ ।

एक महिलाले आफ्ना पतिले परपुरुषसँग शारीरिक सम्बन्धका लदागि दबाब दिएको उजुरी गरेपछि महिलाका पति र उनका साथीहरुलाई पक्राउ गरेर अनुसन्धान गर्दा यो गिरोहको खुलासा भएको हो । पुलिसका अनुसार यो गिरोहमा हजारभन्दा धेरै संलग्न छन् र शारीरिक सम्बन्धका लागि भारी मात्रामा महिलाहरु साटासाट भइरहेको छ ।

२०७९ भाद्र १६, बिहीबार प्रकाशित 0 Minutes 107 Views

ताजा समाचार