
सल्यान : सल्यानमा जंगली जनावरले बालीनाली सखाप पार्न थालेपछि किसान म*र्कामा परेका छन्। जंगली जनावर बँदेल, बाँदर र दुम्सीले बालीनाली स*खाप पार्न थालेका हुन्।
जिल्लाका अधिकांश किसान यतिबेला एकाबिहानै बारीको छेउछाउमा देखिन्छन्। बिहान उठेर घरगोठको काम नसक्दै किसान बारीमा पुग्नु पर्ने बाध्यता रहेको र बिहानै बारीमा नपुगे पाक्ने बेलाको बाली नरहने कुमाख गाउँपालिका-३ रातपहराका शिवबहादुर केसीले बताए।
उनले भने‚ ‘गाउँका सबै मिलेर राति पनि बारीमा बस्छौं। समूहमा आउने बँदेललाई एकातिरबाट धपायो अर्कोतिरबाट आइहाल्छन्।’
दिउँसो बाँदरले र राति बँदेल र दुम्सीको हुलले मकैबारी पसेर मकै सोत्तर पार्ने गरेको अर्का किसान ओपेन्द्र गोसाईको भनाई छ। मकैलगायत अन्नबाली जोगाउन राति राति समूहमा ढ्याङ्गग्रो बजाउँदै बारीमा मकै कुर्नु परेको छ।
दिउँसो सुगा र बाँदरको आतंक उत्तिकै छ। दिन र रात दुवै समयमा जंगली जनावरले बालीनाली नष्ट गर्न थालेपछि रातको निन्द्रा र दिनको भोक हराएको चित्रनाथ योगीको भनाई छ।
पाक्ने तयारीमा रहेको मकैलाई जंगली जनावरले न*ष्ट गर्न थालेपछि स*मस्या भएको योगीले बताए। उनले भने‚ ‘जंगली जनावर धपाउन जाग्राम बस्नु परेको छ, रातको निद्रा र दिनको भोक सबै लगीसके।’
जंगली जनावर धपाउन पहल गरी दिन किसानले स्थानीय सरकारलाई आग्रह गरेका छन्। वर्षौंदेखि जंगली जनावरले बालीनाली नष्ट गर्न थालेपछि खाद्यान्नमा समेत समस्या आउन थालेको उनीहरुको भनाई छ। दिनरात बालीनालीलाई पहरा दिँदा पनि बचाउन नसकिएको किसानहरुको गुनासो रहेको छ।
याे पनि पढ्नुहाेस ।
जंगली जनावरले बाली नष्ट गर्न थालेपछि धनकुटाका कृषक हैरान भएका छन् ।
नजिकैका सामुदायिक वनबाट आएका बाँदरले बाली नष्ट गर्न थालेपछि विस्थापित हुने अवस्थामा पुगेको किसानले गुनासो गरेका छन् । धनकुटाको छथरजोरपाटी गाउँपालिकाका कृषक कर्णबहादुर लिम्बुले रातको समयमा मृग, बँदेल र दुम्सीको बिगबिगी हुने गरेको बताए । सो क्षेत्रमा मात्रै दर्जनौ स्थानमा ब“देल र मृगको बसोबास रहेको उनले सुनाए । यहा“का कृषकको जीविकोपार्जनको मुख्य माध्यम खेती नै रहेको लिम्बुले बताए ।
जंगली जनावरले दु:ख दिने गरेकै कारण कतिपय किसानले बारी बाँझै राखेका छन् । बस्ती नजिकैका सामुदायिक वनबाट सोझै खेतबारी र बस्तीमा प्रवेश गर्ने जनावरका कारण बालीनाली पाक्ने बेलामा किसानले सुखले खाना समेत खान नपाउने धनकुटा नगरपालिकाका कृषक उदय राईले बताए ।
बारीमा लगाएको मकै, कोदोलगायतका बाली जनावरबाट बचाउन नसकिएको किसानहरुको गुनासो छ । कृषि प्राविधिकहरुले भने जंगली जनावरको समस्या सबैतिर भएकाले खेतबारी बाँझो राख्नु समस्याको समाधान नभएको बताएका छन् ।