२०८० जेष्ठ २७ शनिबार

आलमलाई पार्टीले उम्मेदवार बनाउँदैन : महामन्त्री गगन थापा

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेलमा रहेका अफताब आलमलाई सांसदको उम्मेदवार नबनाउने स्पष्ट पारेका छन् ।


शुक्रबार मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीद्वारा लिखित पुस्तक ‘बाआमा’ सार्वजनिक कार्यक्रममा बोल्दै उनले सम्बन्धित निर्वाचन क्षेत्रले सिफारिस गरे पनि आलमलाई पार्टीले उम्मेदवार नबनाउने बताए ।


थापाभन्दा अघि बोलेका साहित्यकार नयनराज पाण्डेले ‘इँटाभट्टामा मान्छे जलाएको अभियोग लागेकालाई कांग्रेसले उम्मेदवार बनाउँदैछ, यसका बारेमा हामीले कथा लेख्ने दिन आउँदै छ,’ भनेर प्रसंग उठाएका थिए ।


महामन्त्री थापाले जवाफमा कांग्रेसले उनलाई उम्मेदवार नबनाउनेमा ढुक्क हुन आग्रह गरे ।

‘नयनराज दाइले गगनको पार्टी भन्नुभयो । कुनै बेला उहाँले पनि काम गरेको पार्टी हो,’ थापाले भनेका छन्, ‘संविधानले वर्जित गरेको मात्र होइन, नैतिकताको कसीमा राखेर हेर्दाखेरी पनि छाती ठोकेर यो हामीले गरेको निर्णय हो भन्न नसक्ने कुनै पनि निर्णय हामी भएको ठाउँबाट हुँदैन, हाम्रो पार्टीले गर्दैन, यत्ति कुरा आश्वस्त पार्छु ।’

 

२०७९ भाद्र १८, शनिबार प्रकाशित 1 Minute 76 Views