२०७९ आश्विन १० सोमबार

को*रोनाबाट दुई जनाको मृ*त्यु, २०० सं*क्रमित थपिए

को*रोनाको कारण थप दुई जनाको मृ*त्यु भएको छ। पछिल्लो २४ घण्टामा ३३९ जना सं*क्रमित निको हुँदा दुई जनाको मृ*त्यु भएको हो।

यो अवधिमा देशभरबाट ३५३७ नमूना प*रीक्षण गर्दा २०० जनामा सं*क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसी*आर विधिबाट १३८१ र एन्टि*जेनबाट २१५६ नमूनाको परी*क्षण गर्दा पीसी*आरबाट ९२ र एन्टि*जेनबाट १०८ नमूनाको रि*पोर्ट पोजि*टिभ आएको हो।

हाल सक्रिय को*रोना संक्र*मितको संख्या २६४२ पुगेको छ।

याे पनि पढ्नुहाेला ।

राजनीतिबाट अहिल्यै विश्राम लिन्न, एकपटक कार्यकारी पदमा पुगेर नेतृत्व गर्ने इच्छा छ : रामचन्द्र पौडेल

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपटक देशको प्रधानमन्त्री बन्ने इच्छा रहेको बताएका छन्। गृहजिल्ला तनहुँमा आयोजित कार्यक्रममा उनले अहिल्यै राजनीतिबाट विश्राम नलिने बताए।

‘मुलुकको नेतृत्व गर्ने इच्छाशक्ति मामा रहेकाले अहिल्यै सक्रिय राजनीतिबाट विश्राम लिने सोँच छैन। देशको कार्यकारी भूमिका खेलेर सुशासन दिने सामर्थ्य अझै छ,’ उनले भने।

उनले सुशासन, सामाजिक न्याय र समाजवादका लागि राजनीतिमा सक्रिय भएको भन्दै कार्यकारी बन्न अझै बाँकी रहेको बताए। उनले कार्यकारी पदमा पुग्नेहरुसँग नैतिक बल आवश्यक हुने हुँदा आफूमा त्यो बल रहेको बताए।

उनले संविधानमा नै समाजवाद उन्मुख लेखिएकाले शिक्षा र स्वास्थ्यको जिम्मेवारी सरकारले लिनुपर्ने बताए। देशलाई काम गर्ने जनशक्ति आवश्यक भएको उल्लेख गर्दै नेता पौडेलले सीपवान नागरिक तयार गर्ने खालको शिक्षा अहिलेको आवश्यकता रहेको बताए।

आदिकवि भानुभक्त क्याम्पसलाई प्राविधिक क्याम्पसको रुपमा रुपान्तरण गर्नुपर्ने उनको भनाइ थियो। उनले भने, ‘सीपवान नागरिक उत्पादन गर्नुपर्छ, त्यसका लागि प्राविधिक शिक्षाको खाँचो छ। आदिकवि क्याम्पस अब उक्त बाटोमा अगाडि बढ्नुपर्छ।’

२०७९ भाद्र १८, शनिबार प्रकाशित 1 Minute 34 Views

ताजा समाचार