
सुनसरीमा सवारी दु*र्घटनामा परी दुई प्र*हरीको मृ*त्यु भएको छ। शनिबार भएको दु*र्घटनामा नेपाल प्रह*रीका हवल्दार दुर्गानन्द चौधरी र सशस्त्र प्रहरीका सहायक हवल्दार प्रकाश गोजेवारको मृ*त्यु भएको सुनसरीका प्र*हरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए।
चौधरी श्रम मन्त्रालयमा पीएसओको रुपमा कार्यरत थिए भने गोजवार बीओपीमा कार्यरत थिए।
उनीहरु के कामका लागि गएका थिए भन्ने बुझिरहेको एसपी ढकालले बताए।
पूर्वतर्फ जाँदै गरेको मोटरसाइकललाई पश्चितर्फ जाँदै गरेको पिकअप भ्यानले कोसी गाउँपालिका १ स्थित सडकखण्डमा ठ*क्कर दिँदै दुवै प्र*हरी घा*इते भएका थिए। उनीहरुलाई तत्का*ल न्युरो अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृ*त्यु भएको हो।
ठ*क्कर दिने सवारीका चालक कोसी गाउँपालिका–३ का दीपक गोसाईँलाई प्र*हरीले प*क्राउ गरेको छ।