२०७९ आश्विन २१ शुक्रबार

युरोप सहित सबै देस सङ्ग भिड्न तयार पुटिनको हुँकारले विश्वभर त्रास

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी देशहरूले आफ्नो देशविरुद्ध दशकौंदेखि आक्राँ मंक व्यवहार गरेको आरोप लगाउनु भएको छ ।

पुटिनले बिहीबार पश्चिमी राष्ट्रहरूलाई चुनौती दिँदै भन्नुभयो, ‘यदि उनीहरूले रुसलाई हराउन चाहन्छन् भने उनीहरूलाई यु द्धको मैदानमा स्वागत छ ।’

त्यसो हुँदा युक्रेनले अझ ठूलो त्रासदी सामना गर्नुपर्ने उहाँको भनाई थियो । समाचार एजेन्सी रोयटर्सका अनुसार भ्लादिमिर पुटिनको पछिल्लो बयान शुक्रबार इन्डोनेसियामा हुने जी–२० विदेश मन्त्रीहरूको बैठक अघि आएको हो ।

यस बैठकमा रुसी विदेशमन्त्री सर्गेई लाभारोभले आफ्ना जी–२० समकक्षहरूसँग बन्द कोठामा वार्ता गर्नुहुने भएको छ ।

फेब्रुअरीमा युक्रेनमाथि भएको आक्र मणपछि पहिलो पटक रुसका शीर्ष कूटनीतिज्ञले पश्चिमी देशका कूटनीतिज्ञहरूसँग भेट गर्न लागेका हुन् ।

रुसी संसदका नेताहरूलाई टेलिभिजनमा सम्बोधन गर्दै भ्लादिमिर पुटिनले भन्नुभयो, ‘हामीले धेरै पटक सुनेका छौं कि पश्चिमी देशहरू युक्रेनबाट अन्तिम व्यक्तिको उद्धार नभएसम्म हामीसँग लड्नेछन् ।

युक्रेनका जनताका लागि यो दु:खद कुरा हो, तर अवस्था त्यही दिशातिर गइरहेको देखिन्छ ।’ फेब्रुअरीमा युक्रेनमा हम ला गरेपछि पश्चिमी देशहरूले रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाएका छन् । यसबाट रुस समस्यामा परेको हुनसक्छ तर पश्चिमा राष्ट्रहरु पुटिनको कदम रोक्न असफल भए ।

पुटिनले बिहीबार पश्चिमी देशहरूले चाहेको जस्तो भएन भन्दै मजाक पनि उडाउनुभयो । तर, युक्रेनका मुख्य मध्यस्थकर्ता मिखाइल पोडिल्याकले भ्लादिमिर पुटिनको भनाइलाई अस्वीकार गर्नुभयो ।

उहाँका अनुसार रुसविरुद्ध पश्चिमा मुलुकको कुनै ‘सामूहिक योजना’ छैन् । अर्कोतिर युक्रेनको पूर्वी भागमा भिडन्त जारी छ । प्रशासनले खार्किभमा भएको आक्रमणमा तीन जनाको मृत्यु भएको जनाएको छ ।

२०७९ भाद्र १९, आईतवार प्रकाशित 0 Minutes 64 Views

ताजा समाचार