
काठमाडौं । प्र*हरीले काठमाडौंमा स्रोत नखुलेको ३९ लाख ५० हजार ५ सय रुपियाँसहित एक जनालाई प*क्राउ गरेको छ ।
चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३९ लाख ५० हजार ५ सय रुपियाँसहित नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका–६ बस्ने २२ वर्षीय टीकाराम भट्टराईलाई शुक्रबार दिउँसो प्रह*रीले पक्रा*उ गरेको जनाएको छ ।
प्र*हरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ९६७४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई नगदसहित फेला पारी प*क्राउ गरेको हो ।