२०८० जेष्ठ १९ शुक्रबार

जापान पठाउने सपना देखाएर १३ लाख ठगेको आरोपमा महिला प*क्राउ

‘जापान पठाउँछु’ भनेर १३ लाख रुपैयाँ ठगेको आ*रोपमा प्र*हरीले एकजना महिलालाई प*क्राउ गरेको छ । प*क्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–९ स्थायी घर भएर ललितपुरको बालकुमारी बस्ने ३८ वर्षीया मिना सुब्बा छन् ।

उनलाई काठमाडौं–३१ सुविधानगरबाट प*क्राउ गरिएको उपत्यका अ*पराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले  बताए । सिलास रम्तेललाई उनले ‘वर्किङ भिषामा जापान जान १३ लाख रुपैयाँ लाग्छ’ भनेर १३ लाख लिएपछि सम्पर्क बिहिन भएकी थिइन् ।

जापान पुगेपछि प्रतिष्ठित होटलमा ‘काम लगाईदिन्छु’ भनेर आ*रोपीले रम्तेललाई मासिक ३ लाख तलव पाउने सपना देखएकी थिइन् । वैदेशिक रोजगार विभागले उनलाई प*क्राउ गरेर उपस्थित गराइदिन उपत्यका अ*पराध अनुसन्धान कार्यालयलाई पत्राचार गरेको थियो । सुब्बलाई विभागमा बुझाइएको एसपी कोइरालाले जानकारी दिए ।

 

२०७९ भाद्र १९, आईतवार प्रकाशित 1 Minute 77 Views