२०८० जेष्ठ १९ शुक्रबार

मोटरसाइकलको सिटमुनी र ट्यांकीमा लुकाएको स्रोत नखुलेको ७ लाखसहित एकजना प*क्राउ

जनकपुरधाम । भारतबाट मोटरसाइकलको सिटमुनी र ट्यांकीमा लु*काएर ल्याएको श्रोत नखुलेको ७ लाख नेपाली रूपैयाँसहित एक जनालाई पर्सा प्र*हरीले प*क्राउ गरेको छ ।

प*क्राउ पर्नेमा बाराको जितपुरसिमरा उप–महानगरपालिका ७ का ५० वर्षीय हरिनारायण प्रसाद कुर्मी छन् । कुर्मी भारततको रक्सौलबाट वीरगञ्जतर्फ आउने क्रममा प*क्राउ परेको पर्साका प्र*हरी प्रवक्ता डिएसपी दिपक गिरीले जानकारी दिए ।

उनका अनुसार कुर्मी ना २८ प २८९० नम्बरको मोटरसाइकलमा आउँदै गर्दा शं*का लागेर चेकजाँच गरेको र सो क्रममा ब*रामद भएको सातलाख रुपैयाँको स्रोत खुलाउन नसक्दा प*क्राउ परेका छन् ।

प*क्राउ परेका कुर्मीमाथि थप अनुसन्धान तथा कारबाही अगाडी बढाएको डिएसपी गिरीको भनाई छ ।

याे पनि पढ्नुहाेस ।

काठमाडौं । प्र*हरीले काठमाडौंमा स्रोत नखुलेको ३९ लाख ५० हजार ५ सय रुपियाँसहित एक जनालाई प*क्राउ गरेको छ ।

 

चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३९ लाख ५० हजार ५ सय रुपियाँसहित नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका–६ बस्ने २२ वर्षीय टीकाराम भट्टराईलाई शुक्रबार दिउँसो प्रह*रीले पक्रा*उ गरेको जनाएको छ ।

प्र*हरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ९६७४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई नगदसहित फेला पारी प*क्राउ गरेको हो ।

 

२०७९ भाद्र १९, आईतवार प्रकाशित 1 Minute 93 Views