२०७९ आश्विन १० सोमबार

क*रेन्ट लागेर विद्युत् प्राधिकरणका दैनिक ज्यालादारी प्राविधिकको मृ*त्यु

खोटाङ – क*रेन्ट लागेर नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्र, खोटाङका दैनिक ज्यालादारी प्राविधिकको मृ*त्यु भएको छ ।

विगत आठ/नौ वर्षदेखि दैनिक ज्यालादारी प्राविधिककोरुपमा काम गर्दैआएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ४० वर्षीय नबिन्द्र राईको आइतबार साँझ क*रेन्ट लागेर मृ*त्यु भएको हो।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा छापगाउँमा विद्युत् मर्मतपछि भर्‍याङ ठड्याएर हिँड्नेक्रममा भर्‍याङले ११ केभी प्रशारण लाइनको तार छुनपुग्दा राईलाई क*रेन्ट लागेको विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले बताए ।

करेन्ट लागेपछि गम्भीर घा*इते भएका राईको बुईपास्थित सनराइज अस्पतालमा उपचारका क्रममा मृ*त्यु भएको प्रह*रीले जनाएको छ । थप उपचारका लागि अन्य लैजाने तयारी हुँदाहुँदै राईलाई मृ*त घोषणा गरिएको थियो ।

अव*रुद्ध विद्युत् सुचारु गराउन र जलेको ट्रान्सफर्मर हेर्नका लागि राई सहित चार प्राविधिकको टोली बुईपा छापगाउँ पुगेका थिए । श*व पोष्ट*मार्टमका लागि जिल्ला अस्पताल दिक्तेल लगिएको छ ।

‘काम गर्दागर्दै क*रेन्ट लागेको होइन । काम सकेर विद्युत् चालु भएपछि भर्‍याङ बोकेर हिँड्नेक्रममा भर्‍याङले हाइटेन्सन छुन पुग्दा करेन्ट लागेको हो,’ प्रमुख रेग्मीले भने, ‘विद्युत् मर्मत गर्न र जलेको ट्रान्सफर्मर हेर्न चार जना कर्मचारी खटिएको थियो ।’

करेन्ट लाग्दा २४ घण्टा नपुग्दै जिल्लाका दुई जनाले ज्या*न गु*माएका छन् । स्थानीय नाखामखोला लघुजलविद्युत आयोजनाको पोलमा चढेर जम्पर जोड्नेक्रममा करे*न्ट लाग्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ३६ वर्षीय प्रकाश राईको शनिबार राती मृ*त्यु भएको थियो ।

-KHABARHUB बाट

२०७९ भाद्र २०, सोमबार प्रकाशित 1 Minute 41 Views

ताजा समाचार