२०७९ चैत्र १५ बुधबार

थुनामा रहेका सुरक्षागार्ड भेटेपछी रविको स्टाटस: लाइनमा नबस्ने मन्त्रीलाई चाहिँ अनुसन्धान गर्नुपर्छ”

पर्यटन’मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा आउनुस् भन्दा थुनामा परेका सुरक्षागार्ड शेरजंग गुरुङ’सँग राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामि’छानेले भेटेका छन् ।

गुरुङसँगको तस्वीर सामाजिक सञ्जाल’मा हालेर रविले भनेका छन्, ‘प्रहरी हिरा’सतमा रहेका शेरजंग गुरुङसँग भेटेर उहाँलाई धन्य’वाद दिएर आएको छु। कानुन सबै’लाई बरा’बर हुन्छ ।’

भिसा आवेदन दिन छायाँ सेन्टरमा रहेके भीएफएस ग्लोबलको का’र्यालयमा पुगेका मन्त्री श्रेष्ठलाई गुरुङले लाइनमा आउनुस् भनेका थिए । तर उनी मन्त्री’लाई अ’भद्र व्यवहार गरेको आरो’पमा प’क्राउ परेका छन् ।

आफू’सँगको भेटमा गुरुङले आफूले ड्युटी पूरा गरेको र कसैलाई कुनै दुर्व्यव’हार नगरेको बताएका रविले उल्लेख गरेका छन् । गुरुङ्गले भनेको भन्दै रविले लेखेका छन्, ‘गुरुङको छोरो आवाज अली ठूलो भयो होला, तर मैले कुनै दुर्व्य’वहार गरेको छैन । मन्त्री भन्ने मलाई थाहा पनि भएन, थाहा भए पनि ड्युटी त गर्नै पर्‍यो ।’

रविले अघि भनेका छन्, ‘यदि उहाँको भनाइ सत्य हो भने उहाँ’लाई थु’नामा राख्ने होइन ससम्मान रिहा गरियोस्। दण्डि’त होइन पुरस्कृत गरियोस्। नियम मिचेर लाइन नबस्ने मन्त्रीलाई चाहिँ का’नुन नमानेको अभि’योगमा अ’नुसन्धान गरियोस् ।’ – अनलाइन खबर

रवि लामि’छानेको स्टाटस:

प्रह’री हिरासतमा रहेका शेर’जंग गुरुङ सँग भेटेर उहाँ’लाई धन्यवाद दिएर आएको छु। कानुन सबैलाई बराबर हुन्छ। शेरजंग जी भन्नु हुन्छ “गुरुङको छोरो आवाज अलि ठूलो भयो होला तर मैले कुनै दुव्र्य’वहार गरेको छैन। मन्त्री भन्ने मलाई थाहा पनि भएन थाहा भए पनि डिउटी त गर्नै पर्यो।”

यदि उहाँको भनाइ सत्य हो भने उहाँलाई थु’नामा राख्ने होइन ससम्मान रिहा गरियोस्। द’ण्डित होइन पुरस्कृत गरियोस्। नियम मिचेर लाइन नबस्ने मन्त्री लाई चाहिँ का’नुन नमानेको अभियोगमा अनुस’न्धान गरियोस्।

२०७९ भाद्र २०, सोमबार प्रकाशित 0 Minutes 98 Views

ताजा समाचार