
काठमाडौँ ।रुपन्देहीमा एक युवकले गर्भवती प्रेमिकाको ह*त्या गरी दुई वर्षसम्म कानुनको नजरबाट लुकेको खुलासा भएको छ। दुई वर्षपहिले सैनामैना नगरपालिका ११ शीतलापुरको शान्ति सामुदायिक वनमा मृ*त भेटिएकी युवतीको हालै स*नाखत भएको हो। उनको ह*त्या प्रेमीले नै गरेको इलाका प्र*हरी कार्यालय सालझण्डीले जनाएको छ।
ह*त्याको अभियोगमा कपिलवस्तुको शिवराज नगरपालिका ७ का ३६ वर्षीय काशीराम मुराउलाई प्र*हरीले पक्राउ गरेको छ। उनले आफ्नी प्रेमिका ३४ वर्षीया कुमारी अर्यालको ह*त्या गरेको प्र*हरीले जनाएको छ। कुमारी विवाहित हुन्। उनका श्रीमान् र दुई छोरी भए पनि प्रेमी भनिएका काशीरामको गर्भसमेत रहेको खुलेको छ। गर्भपतन गर्न नमान्दा काशीरामले ह*त्या गरेको प्र*हरीको दाबी छ। तर ह*त्या भएको दुई वर्षसम्म पनि शवको सना*खत हुन नसक्दा ह*त्यारा पत्ता लाग्न सकेको थिएन।
दुई वर्षसम्म लुक्यो घ*टना
मिति २०७७ माघ १० गते दिउँसोको फायरलाइन जंगलमा घाँस काट्न गएका स्थानीय व्यक्तिले एक गर्भवती महिलाको शव फेला पारेका थिए। शव देख्नेबित्तिकै उनीहरुले इलाका प्र*हरी कार्यालय सालझण्डीमा खबर गरे।
तत्काल घ*टनास्थल पुगेको प्र*हरीले पूर्वपश्चिम महेन्द्र राजमार्गबाट ८ सय मिटर घना जंगलभित्र पँहेलो स्वेटरले घाँटी कसी रुखको फेँदमा बाँधी ह*त्या गरिएको अवस्थामा फेला पार्यो। अनुहारमा कि*रा परिसकेको अवस्थाको बेवारिसे महिलाको शवको घ*टनास्थल र ला*शजाँच मुचुल्का गरी पोस्ट*मार्टमका लागि प्रादेशिक अस्पताल बुटवल पठायो।
ती महिला को हुन्, ठेगाना कहाँ हो, केही पत्ता लागेन। प्र*हरीले पत्ता लगाउन प्रयास गर्यो। तर सना*खत नै हुन नसकेपछि ज्या*न मु*द्दाको फाइल थन्क्याएको थियो।
इलाका प्रह*री कार्यालय सालझण्डीमा कार्यालय प्रमुखको रुपमा प्रह*री निरीक्षक जगन्नाथ मरासिनी पुगेपछि पुराना घ*टनाका मु*द्दाहरु हेर्छन्। त्यो मु*द्दा पनि उनको नजरमा पर्छ।
त्यसपछि उनले लुम्बिनी प्रदेशभरका जिल्ला प्र*हरी कार्यालयमा २०७७ सालभर ह*राएका र हालसम्म फेला नपरेका व्यक्तिहरुको विवरण माग गरे। ह*त्या गरेकी महिलाको सम्बन्धमा कुनै पनि उ*जुरी फेला पर्दैन।
खोजतलासको लागि निवेदन नै फेला नपरेपछि प्रह*रीले ती महिलाको हुलिया सार्वजनिक गर्छ। शवको फोटो, उनले लगाएको कपडा, घडी र माला लिई स्थलगत रुपमै खोज्न थाल्छ प्र*हरी। तर रुपन्देही जिल्लाभर केही पनि पत्ता लाग्दैन।
कपिलवस्तु जिल्लाका विभिन्न स्थानमा खोजतलासको लागि सई मधु मरासिनीको कमान्डमा प्र*हरी टोली नै खटिन्छ। त्यही क्रममा गत साउन महिनामा ती महिला गुल्मीको अर्खवाङ २ की ३५ वर्षीया बसन्ती भन्ने धनकुमारी अर्याल रहेको खुल्छ।
त्यसपछि प्रह*री ती महिलाका बुबा ७० वर्षीय भक्तिराम अर्याललाई गुल्मीबाट झिकाएर लासको स*नाखत गराउँछ। भक्तिराम अर्यालले हातमा भएको टाटु र घडीको आधारमा आफ्नी छोरी भएको पत्तो पाएका थिए।
उनले आफ्नी श्रीमतीलाई किनिदिएको घडी चिनोको रुपमा छोरीलाई दिएको, उनले लगाएको कालो माला र अनुहारको बनावटबाट छोरी भएको स*नाखत गरेका थिए।
भक्तिरामका अनुसार बसन्ती १५÷१६ वर्षको उमेरमै आफैँ बिहे गरेर गएकी थिइन्। बिहे गरेर बुटबलको मगरघाटमा बस्ने क्रममा २०७३ सालतिर कपिलवस्तु शिवराज ७ का काशीराम मुराउसँग भेट भएको थियो। उनी मिस्त्री काम गर्ने श्रीमान भोला लोहारसँग दुई छोरीको साथमा बसिरहेकी थिइन्।
काशीराम मुराउ ३ छोरी र एक छोराका बाबु हुन्। उनकी श्रीमती पनि घरमै थिइन्। बसन्तीसँगको प्रेममा परेका लोडर ड्राइभर काशीराम र बसन्तीबीच त्यही क्रममा यौन सम्बन्ध समेत भएको खुलेको प्र*हरीले बताएको छ।
बसन्ती गर्भवती भएपछि दुवै जना कपिलवस्तुको बुद्धभूमि नगरपालिकास्थित बुड्डी भन्ने स्थानमा २०७७ सालको वैशाखको अन्तिम हप्तादेखि कोठा भाडामा लिएर बसोबास गर्दै आएका थिए।
श्रीमान् र छोरीहरुलाई छाडेर आफू काशीरामसँग बस्दै आएको बसन्तीले घरमा बुबा भक्तिरामलाई फोन गरेर जानकारी पनि गराएकी थिइन्।
उनकै गर्भ समेत रहेको र चैतमा सुत्केरी हुने भएकाले घिउ–बेसार समेत पठाइदिन भनेकी थिइन्। तर काशीरामले भने उनलाई बारम्बार गर्भपतनका लागि द*बाब दिँदै आएका थिए।
यही कारण उनीहरुको बारम्बार झगडा हुन्थ्यो। उनले आफ्नी एक महिला साथीलाई काशीरामले गर्भ फाल्न द*बाब दिएको समेत सुनाएकी थिइन्।
२०७७ साल पुसको अन्तिम हप्तातिर बुटवल गएकी बसन्तीलाई लिन काशीराम बुटबल फुलबारीसम्म लिन जान्छन्। सालझण्डीसम्म बसमा ल्याएर सालझण्डीमा लोकल रक्सी र दालमोठ किनेका थिए।
आफूलाई सालझण्डी बजारमा मानिसहरुले चिन्ने भएकाले नजिकैको जंगलमा जान र उतै रक्सी खाएर रमाइलो गर्न उनले बसन्तीलाई प्रस्ताव गरे। दिउँसोको करिब ३ बजेतिर फायरलाइन जंगलमा लिएर गए र दुवैले रक्सी खाए। त्यही समयमा आफैँले लगाएको गलबन्दीले उनको घाँटी कसी ह*त्या गरेका थिए।
शव नचिनियोस् भनेर बसन्तीले लगाएको स्वेटरले मुखमा बेरी नजिकैको रुखमा बाँधेर रक्सीको बोतल र उनले लगाएका चप्पलहरु वाणगंगा नदीमा बगाइदिएका थिए। त्यसपछि उनी त्यहाँबाट फरार भए।
ह*त्या गरेको केही समय पछि काशीरामले बसन्तीका बुबालाई फोन गरी बसन्ती हराएको र आफूले खोजी गरिरहेको बताएका थिए। आफूले प्रह*रीलाई समेत खबर गरिसकेको उनले बताएका थिए। बाबुलाई खोजतलास गर्नु पर्दैन भनेका थिए।
२०७९ सालको वैशाखमा पनि उनले बसन्तीको बारेमा केही जानकारी पाउनु भयो कि भनेर भक्तिरामलाई सोधेका थिए। छोरीको ह*त्या भएको खुलेपछि भक्तिरामले यी सबै कुरा प्र*हरीलाई बताइदिए। त्यही आधारमा प्र*हरीले काशीरामलाई पक्राउ गरेको हो। काशीरामले ह*त्या स्वीकार गर्दै प्रह*रीलाई घ*टनाबारे बताएका हुन्।
भक्तीरामले किटानी जाहेरी दिएपछि काशीराम मुराउलाई पक्राउ गरेर ज्या*न सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको प्रह*री निरिक्षक जगन्नाथ मरासीनिले बताए।