२०७९ चैत्र १८ शनिबार

यी हुन् बे’पत्ता विमानमा रहेका यात्रुहरु( नाम सहित )

काठमाण्डाै – पोखराबाट जोमसोम उडेको सम्पर्कवि*हीन तारा एयरको ९ एनएईटी ट्विनअटरको खोजी भइरहेको छ ।

जहाजमा १९ जना यात्रु र तीन जना चालक दलका सदस्य रहेका तारा एअरका प्रवक्ता सुदर्शन गड्तौलाले उज्यालोलाई जानकारी दिनुभयो । तीमध्ये १६ नेपाली र ६ जना विदेशी नागरिक रहेका छन् ।

ह*राइरहेको विमानको हेलिकप्टर मार्फत खोजी भइरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले भन्नुभयो ।

यी हुन् ह*राइरहेको विमानमा रहेका चालक दलका सदस्य र यात्रुहरु

चालक दल
१. क्याप्टेन प्रभाकर घिमिरे
२. उत्सव पोखरेल
३. एयर होस्टेज क्रिष्टी थापा

यात्रुहरु
१. बान्देकर वैसवी
२. इन्द्रबहादुर गोले
३. पुरुषोत्तम गोले
४. राजनकुमार गोले
५. मेइक ग्रीटग्राफ
६. वसन्त लामा
७. गणेश नारायण श्रेष्ठ
८. रवीना श्रेष्ठ
९. रश्मी श्रेष्ठ
१०. रोजिना श्रेष्ठ
११. प्रकाश सुनुवार
१२. मकरबहादुर तामाङ
१३. राममाया तामाङ
१४. सुकुमाया तामाङ
१५. तुलसादेवी तामाङ
१६. अशोककुमार त्रिपाठी
१७. धनुश त्रिपाठी
१८. ऋतिका त्रिपाठी
१९. वी विलनर

यो पनि :पोखराबाट जोमसोमका लागि उडेपछि सम्पर्कविहीन भएको तारा एयरको जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी रहेको खुलेको छ । तारा एयरका अनुसार जहाज अझै सम्पर्कविहीन छ ।

प्रहरीका अनुसार लेते क्षेत्रसम्म सम्पर्कमा रहेको विमान एकाएक सञ्चार सम्पर्कविहीन बनेको थियो । खोजी कार्य जारी रहेको छ ।९ एन-एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु रहेको तारा एयर स्रोतले जनाएको छ । जहाजमा चालकदलका ३ सदस्य  पनि छन् ।

जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए । जहाज ९ बजेर ५५ मिनेटमा उडेको थियो ।

यो पनि : सम्पर्कविहीन भएको ताराको टि्वनअटर खोज्न हेलिकोप्टर पठाइएको छ । जोमसोमबाट टुकुचे र धौलागिरी क्षेत्रमा खोजीका लागि फिस्टेल एयरको हेलिकोप्टर पठाइएको पोखरा नागरिक उड्डययन कार्यालयका प्रमुख देवराज सुवेदीले बताए ।

कास्कीको पोखराबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ। १० बजेर २० मिनेटमा अवतरण हुनुपर्ने अल्फा इको ट्यांगो कल साइन भएको जहाज ११ बजिसक्दा पनि सम्पर्कमा आएको छैन।

तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार उक्त विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को-पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा थिए । उक्त जहाजमा १३ नेपाली, ४ भारतीयसहित २ अन्य देशका नागरिक थिए

२०७९ भाद्र २०, सोमबार प्रकाशित 1 Minute 1151 Views