
काठमाडौं । काठमाडौंको बुद्धनगरमा निर्माणाधीन साढे ६ तले घरबाट हा*मफा*लेर ज्या*न गुमाएकी किशोरीको ‘सु*साइड नोट’ फेला परेको छ ।
बुधबार साँझ करिब ६ बजे निर्माणाधीन घरको पाँचौँ तलाबाट दुई किशोरकिशोरीले हा*मफालेका थिए । उनीहरूको उपचारका क्रममा सिभिल अस्पतालमा मृ*त्यु भएको थियो ।
उनीहरू दुवैजना मध्यबानेश्वरस्थित पाठशाला स्कुलमा कक्षा–९ मा अध्ययनरत थिए । भारतको विहार स्थायी घर भई काठमाडौंको पेप्सीकोलामा बस्दै आएका १४ वर्षीय किशोर र काठमाडौंकै घट्टेकुलो बस्दै आएकी १४ वर्षीया किशोरीको मृ*त्यु भएको हो ।
बुधबार उनीहरू दुवैजना विद्यालय पोसाकमा स्कुल गएका थिए । सोही पोसाकमै उनीहरूले उक्त घरबाट हा*मफा*लेर आ*त्मह*त्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको काठमाडौं प्र*हरी परिसरले जनाएको छ ।
उनीहरू दुईजना प्रेम सम्बन्धमा रहेको हुन सक्ने र केही स*मस्या आएकाले गलत बाटो रोजेको हुन सक्ने प्र*हरीको बुझाइ छ ।
प्र*हरीका एक उच्च अधिकारीका अनुसार मृ*तक किशोरीको ‘ब्याग’मा उनको ‘सु*साइड नोट’ भेटिएको छ । ती अधिकारीले भने, “सु*साइड नोटमा ‘ममी, मलाई माफ गरिदिनु, मैले ग*ल्ती गरेँ’ लगायत कुराहरू लेखिएका छन् । अन्य कुरा अनुसन्धानमै छन् ।”
उनीहरू विद्यालयबाट कति बेला निस्किएका थिए, के–के भएको थियो भन्नेबारे अनुसन्धान भइरहेको प्र*हरीले जनाएको छ ।
प्र*हरीले घ*टनास्थल वरपरको सीसीटीभी फुटेज संकलन गरिरहेको छ । घ*टनाको प्राविधिक पाटोबाट समेत प्र*हरी अनुसन्धानमा सक्रिय रहेको परिसर काठमाडौंले जनाएको छ ।