यहीँ सेप्टेम्बर महिनाको सुरुमा अमेरिकी अन्तरीक्ष संस्था नासाले चन्द्रमाको दक्षिणी ध्रुव नजिकैका यस्ता १३ वटा स्थानको सूचीलाई अन्तिम रुप दिएको छ । तर तीमध्ये तीनवटा स्थान यस्ता छन् जसको आसपास वा त्यहीँ ठाउँमै चीनले आफ्नो अन्तरीक्षयान अवतरण गराउन चाहन्छ । आगामी ३ वर्ष भित्रमा चन्द्रमामा मानिस पठाउने योजना नासाको छ । यसका लागि नासाले तीव्र रुपमा तयारी अगाडि बढाइरहेको पनि छ ।
नासाले अर्टेमिस थ्री मिसन अन्तरगत चन्द्रमामा अन्तरीक्षयात्री पठाउनेछ । यसका लागि स्पेस लन्च सिस्टम अर्थात् एसएलएस रके,ट तथा ओरियन स्पेसक्राफ्ट आवश्यक पर्नेछ ।
हालै एक चिनिया जर्नलमा प्रकाशित भएको समाचार अनुसार चीनको चाङ्ग इ ५ लूनर मिसनका कमान्डर झाङ्ग ही र अन्य अन्तरीक्षयात्रीले चन्द्रमाका यस्ता दशवटा अन्य क्षेत्र पहिचान गरेका छन् जहाँ अन्तरीक्षयत्रीलाई अवतरण गराउन सकिन्छ ।
ती दशमध्ये ३ वटा ठाउँ यस्ता छन् जहाँ अमेरिका र चीन दुबैले अन्तरीक्षयान अवतरण गराउने भने पहिचान गरिएका छन्।
नासाको अर्टेमिस थ्री र चीनको चांग ई सेभेन मिसन दुबैले छनोट गरेका ठाउँहरु श्याक्लेटन, हावर्थ र नोबाइल क्रेटर क्षेत्र हुन् ।
चीनको चांग ई सेभेनको नाम चिनिया भाषामा चन्द्रमाकी देवी भन्ने हुन्छ । त्यसमा कुनै मानिस भने पठाइनेछैन । यसमा एउटा अर्बिटर, ल्याण्डर, मिनी प्रोब र रोबर हुनेछन् । आगामी दुई वर्षभित्रमा यो मिसनलाई चन्द्रमामा प्रक्षेपण गर्ने योजना चीनको छ ।
-Onlinekhabar