२०७९ आश्विन २१ शुक्रबार

डेंगुका बिरामीले टेकु अस्पतालको शय्या भरियो, प्यासेजमा राखेर बिरामीको उपचार (फोटोफिचर)

डेंगुका बिरामीले टेकु अस्पतालको शय्या भरियो, प्यासेजमा राखेर बिरामीको उपचार (फोटोफिचर)

डेंगु सं*क्रमणका कारण राजधानीको टेकु अस्पतालमा बिरामीको चाप ह्वात्तै बढेको छ । अस्पतालको शय्या भरिएपछि आजभोलि प्यासेजमा समेत राखेर बिरामीको उपचार गर्न थालिएको छ । अस्पतालमा दैनिक आइरहेका बिरामीमध्ये करिब ९० प्रतिशत डें*गुका बिरामी हुने गरेको उपचारमा संलग्न डाक्टरले रातोपाटीलाई बताए। मनसुन सुरू भएसँगै राजधानीमा डें*गुको सं*क्रमण बढ्न थालेको हो ।

अचानक टाउको दुख्ने, ज्वरो आउने, मांसपेशी तथा जोर्नी दुख्ने, बान्ता आउने लगायतका डें*गुका लक्षण हुन् । प्रेसर कम भएका, खाना नरुच्ने, रगतमा सेतो मात्रा कम भएका, बान्ता धेरै हुने लगायतका समस्या देखिएका बिरामीलाई अस्पतालमा भर्ना गर्ने गरिएको छ । पछिल्लो रिपोर्टअनुसार काठमाडौँ, भक्तपुर,ललितपुरमा गरी झण्डै २३०० जनामा डें*गु पुष्टि भएका छन् ।

२०७९ भाद्र २१, मंगलवार प्रकाशित 0 Minutes 44 Views

ताजा समाचार