२०७९ चैत्र १५ बुधबार

मदरल्याण्डका सम्राट कक्षा १२ मा कास्कीमै उत्कृष्ट

पोखरा ७ मासबारमा रहेको मदरल्याण्ड माध्यमिक विद्यालयका छात्र सम्राट ढुङ्गाना यस वर्षकाे कक्षा १२ को परीक्षामा कास्की जिल्ला मै उत्कृष्ट अंक ल्याउन सफल भएका छन् ।

उनले कक्षा १२ को परीक्षमा विज्ञान विषयमा ३.८८ जिपिए ल्याउदै उत्कृष्ट बनेका हुन् । उनी कास्की जिल्लामा प्रथम स्थान हाँसिल गर्न सफल भएकाे विद्यालयले दाबी गरेकाे छ । कक्षा चारबाट मदरल्याण्ड माध्यमिक विद्यालयमा पढ्दै आएका उनी इन्जिनियरीङ पढ्ने तयारीमा रहेको मदरल्याण्ड माध्यमिक विद्यालयका प्रधानध्यापक नारायण बरालले बताए ।

पोखरा १४ चाउथे बस्दै आएका उनी अमेरिकामा छात्रवृत्तिमा पढ्न जान लागेका बरालले जानकारी दिए । ढुङ्गाना कास्कीमा मात्र नभई गण्डकी प्रदेशमा नै उकृष्ट भएको हुन सक्ने प्रधानध्यापक बरालले बताए ।

 

विद्यालयबाट ३३६ जना परीक्षामा सहभागी थिए ।

२०७९ भाद्र २१, मंगलवार प्रकाशित 1 Minute 108 Views

ताजा समाचार