२०७९ चैत्र १५ बुधबार

रुसको श*क्तिशा*ली र महँगो युद्धक विमान राईफलले खसाएपछि यी वृद्धले पाए बहादुरीको तक्मा!

रुसको शक्तिशाली र महँगो युद्धक विमान राईफलले खसाएपछि यी वृद्धले पाए बहादुरीको तक्मा!

काठमाडौं। रुस र युक्रेनबीचको युद्ध सातौं महिनामा प्रवेश गरिसकेको छ। यद्यपी यो युद्ध हालसम्म जारी छ।

लगातार रुस र युक्रेनी सेना विभिन्न क्षेत्रमा भिडिरहेका छन्। पश्चिमा राष्ट्रबाट हतियार सहयोग पाएको युक्रेनले रुसको कडा प्रतिकार गर्न सफल भइरहेको छ।

विभिन्न भूभागबाट रुसी सेना आफूले लखेट्न सफल भएको युक्रेनले घोषणा गरिरहेको छ। यतिबेला पश्चिमा राष्ट्रको सहयोग पाएका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको आत्मबल झनै बढेको पाइएको छ।

उनले सन् २०१४ मा रुसले कब्जा गरेको क्राइमिया पनि आफूले पुनः नियन्त्रण गर्ने र रुसी सेनाहरुलाई युक्रेनबाट लखेट्ने बताउँदै चेतावनी जारी गरेका छन्।

उनले रुसी सेना स्वदेश फर्कनुपर्ने नत्र उनीहरुले ज्या*न गु*माउने बताइसकेका छन्। यस क्रममा युक्रेनका नागरिकहरु पनि सेनामा भर्ती हुन थालेका छन्।

यसबीचमा एक वृद्ध युक्रेनी नागरिकले रुसी सेनाको खतरनाक युद्धक विमानलाई ध्वस्त बनाइदिएका छन्। यहीकारण उनले बहादुरीको तक्मा पनि पाएका छन्।

चर्नहिभ क्षेत्रमा उडिरहेको रुसी सु–३४ जेट विमानलाई वृद्ध भालेरी फेडोरोभिचले राईफलले हानेर खसाइदिएको डेलीमेलले जनाएको छ। उक्त विमानको मूल्य ७४ मिलियन पाउन्ड हो।

यतिबेला उनलाई सरकारले बहादुरीको तक्मा दिएको फोटोहरु भाइरल भएका छन्।

२०७९ भाद्र २१, मंगलवार प्रकाशित 0 Minutes 67 Views

ताजा समाचार