२०७९ आश्विन २१ शुक्रबार

गोरखाकी पुर्णिमा बाइबाइ चाउचाउको ब्राण्ड एम्बासडर

गोरखा, २१ भदौ । गोरखाकी हिमालआरोही पूर्णिमा श्रेष्ठलाई चौधरी ग्रुपले वाइवाइ चाउचाउ तथा स्पिड इनर्जी ड्रिन्कस्को ब्रान्ड एम्बासडर नियुक्त गरेको छ ।

आइतबार आयोजित एक समारोहमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आरोही श्रेष्ठलाई ब्रान्ड एम्बासडर नियुक्त गर्नु भएको हो । चौधरी ग्रुपले श्रेष्ठको साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने उद्देश्यका साथ ब्रान्ड एम्बासडर नियुक्त गरेको बताएको छ ।

यसअघि सगरमाथासहित नेपालको ८ हजार मिटरभन्दा माथि उचाइका ७ ओटा हिमालहरू आरोहण गरि सक्नु भएका श्रेष्ठ बिना अक्सिजन मनास्लु हिमालको आरोहणमा जाँदै हुनुहुन्छ ।

कार्यक्रममा प्रबन्ध निर्देशक चौधरीले श्रेष्ठलाई वाइवाइको झन्डा प्रदान गर्नु भएको । उहाँले सो झन्डा मनास्लु हिमालको चुचुरोमा पनि फहराउनुु हुनेछ ।

गोरखाको आरुघाट– ३ मा जन्मिनु भएका श्रेष्ठ नेपालको हिमाल पर्वतारोहकिो रुपमा परिचित हुनुहुन्छ। उहाँ पेसाले फोटो पत्रकार हुन् ।

२०७९ भाद्र २१, मंगलवार प्रकाशित 0 Minutes 41 Views

ताजा समाचार