
काठमाडौं । नवलपुर जिल्ला अदालतले नायक पल शाहलाई अढाई वर्ष जे*ल स*जाय गरेको छ । न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले मंगलवार बहसपछि उक्त फैसला गरेका हुन् ।
यस्तै अदालतले २५ हजार जरिवाना र १० लाख क्ष*तिपू*र्तिको स*जाय पनि सुनाएको छ ।
एक नाबालिग गायिकाले बलात्कार सम्बन्धी उजुरी गरेपछि शाह पुर्पक्षका लागि थुनामा रहेका छन् । ती गायिकाले नवलपुर र तनहुँमा गरी दुई ठाउँमा उजुरी दिएपछि शाहले दुई वटा जिल्ला अदालतमा एकै पीडितबाट बलात्कार मुद्दा खेपिरहेका छन् ।
नाबालिग गायिकाले अदालतमा बयान फेर्दै शाहविरुद्धको आरोप झुटा भएको उल्लेख गरेकी थिइन् ।