२०८० जेष्ठ १९ शुक्रबार

सिसिटिभी फुटेजमा नाबालिग र सन्दीपसँगै देखिए

सिसिटिभी फुटेजमा नाबालिग र सन्दीपसँगै देखिए

नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथिको ब*लात्कार आरोपबारे अनुसन्धानकै क्रममा बुधबार प्रह*रीले काठमाडौं इन होटलको ‘सिसिटिभी फुटेज’ संकलन गरेको छ। प्र*हरी स्रोतका अनुसार नाबालिगले दाबी गरेकै समयमा दुवै जना होटलभित्र प्रवेश गरेको र बिहान ६ बजे बाहिरिएको देखिएको छ। तर होटलको अतिथि पुस्तिकामा भने उनीहरूको नाम नभेटिएको प्र*हरी स्रोतले जनाएको छ। उता होटल व्यवस्थापनले सन्दीप नियमित ग्राहक भएकाले फोन सम्पर्ककै आधारमा कोठा दिएकाले नाम दर्ता छुटेको हुन सक्ने प्रह*रीलाई बयान दिएको छ।

यसबाहेक हालसम्मको प्र*हरी अनुसन्धानमा सन्दीपले ती किशोरीलाई पुरानो बानेश्वरबाट आफ्नै गाडीमा राखेर नगरकोट पुर्‍याएको र त्यहाँ आफू सधैँजसो जाने रिसोर्टमा राति ११ बजेसम्म बसेको देखिएको अनुसन्धानमा संलग्न एक अधिकारीले जानकारी दिए। त्यसपछि त्यहाँबाट सिनामंगल बास बसेर बिहान फेरि ६ बजे होटलबाट बाहिरिए सिधै होस्टलबाहिर किशोरीलाई छाडेर सन्दीप फर्किएको देखिएको छ।

२०७९ भाद्र २३, बिहीबार प्रकाशित 1 Minute 88 Views