२०७९ आश्विन २१ शुक्रबार

सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिमबाट निलम्बित पुरा पढ्नुहाेस ।

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछाने निलम्बनमा परेका छन्। नाबालिगमाथि ब*लात्कार गरेको आ*रोपमा उजुरी परेपछि उनी निलम्बनमा परेका हुन्।

प्रहरीले काठमाडौं जिल्ला अदालतबाट उनलाई प*क्राउ गर्न अनुमतिसमेत लिएपछि क्यानले निलम्बन गरेको हो। क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको हो।

‘नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको निर्णय अनुासर सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको छ,’ संघका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उता लामिछानेले भने आफूमाथि झु*टो आ*रोप लगाइएको दा*बी गरेका छन्। मल्लले लामिछानेले आफूसँग कुराकानी भइसकेको जानकारी दिएका मल्लले आफूलाई कानुनी उपचारमा सहयोग गर्न आग्रह गरेको जानकारी दिएका थिए।

नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरेको छ।

बिहीबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई क्रिकेट टिमबाट निलम्बन गर्ने निर्णय गरेको कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए।

नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान लामिछानेमाथि बला*त्कारको आ*रोप लागेको छ।

१७ वर्षीया किशोरी बला*त्कारको आ*रोपमा सन्दीपलाई प*क्राउ गर्न अदालतले अनुमति दिए लगत्तै क्यानले निलम्बन गर्ने निर्णय गरेको हो।

अदालतले प*क्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएसँगै क्यानले तत्काल निलम्बनको निर्णय लिएको हो।

क्यारेवियन प्रिमियर लिग खेल्न सन्दीप भने वेस्ट इन्डिजमा छन्। अब प्रहरीले उनलाई जुनसुकै बेला प*क्राउ गर्न सक्नेछ।

 

२०७९ भाद्र २३, बिहीबार प्रकाशित 1 Minute 27 Views

ताजा समाचार